राजाको लागि नारायणहिटी खाली गर्न माग गर्दै सुर्खेतमा प्रदर्शन

  ।   २४ माघ २०७७, शनिबार १६:२२

सुर्खेत । सुर्खेतमा वीर गोर्खालीले राजाको लागि नारायणहिटी दरवार खाली गराउन माग गदै प्रदर्शन गरेका छन् । उनीहरुले अब देश राजाले बाहेक कसैले चलाउन नसक्ने बताएका हुन् । हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ, नारायणहिटी खाली गर, राजतन्त्र जिन्दाबाद, गणतन्त्रण मुर्दाबाद, हिन्दुराज्य कायम गर जस्ता नारा लगाउदै वीर गोर्खाली सडकमा उत्रिएका हुन् ।
वीर गोर्खाली सुर्खेतका संयोजक सौगातविक्रम सिंहले संघीयताले देश धुजाधुजा भएको बताउँदै अब राजतन्त्रको विकल्प नरहेको बताए । राजतन्त्रको पक्षमा समर्थन जनाउँदै वीर गोर्खाली पक्षधरले सरकारको विरोध जनाएका छौँ । उनले भने,‘वर्तमान सरकारले जन भावना र अपेक्षा अनुसार काम गर्न सकेन् । अब नेपाली जनताले सरकार फालेर राजा ल्याउनु पर्ने अवस्था आइपुग्यो । ’
हाल सयौं राजाहरुले देश लुटेर खाएका छन् । न उनीहरुलाई देशको माया छ । नत जनताको । केवल आफ्नो व्यक्तिगत सम्पति आर्जन गर्ने एक राम्रो माध्यम संघीयता बनेको छ । उनले थपे,‘त्यसैले देश विकासका लागि एउटै राजा बनाउन आवश्यक छ ।’
वीर गोर्खाली समर्थकले पहिले राजा तथा वर्तमान सरकारका मन्त्रीहरु बस्ने नारायणहिटी दरबार खाली गरी राजा ल्याउन दबाव दिएका हुन् । उनीहरुले भने,‘हाम्रो लागि टाकुरे सैयौँ राजा आवश्यक छैन् । एउटै राजा विधि विधान मान्ने राजा चाहिन्छ । त्यसका लागि एक पटक जनता फेरी आधिँबेहारी बन्ने बेला आइपुगेको छ ।

Next Post

राउटेको कोशेली, सिडिओको राहत

२४ माघ २०७७, शनिबार १६:२२
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई आफुहरुले निर्माण गरेका काठका कोशेली दिन जुम्ला पुगेका राउटेलाई राहत प्रदान गरिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले राहत उपलब्ध गराएको हो । हिमपात योजना बनाएर गाउँगाउँका विपन्न नागरिकलाई कम्वल, खाद्यन्न, जकेट जस्ता न्यानो वितरण गर्दै आइरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले राउटेलाई पनि […]

सम्बन्धित