रामकुमारी झाँक्री पक्राउ

  ।   २९ माघ २०७७, बिहीबार १५:३३

नेकपा दाहाल-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई राज्यविरुद्धको कसुरमा पक्राउ पूर्जी दिँदै प्रहरीले उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो।

झाँक्रीले राष्ट्रपति विद्या भण्डारीबारे गोरखामा दिएको अभिव्यक्तिको विषयमा उनलाई गरिएको हो।

यस अघि झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो। उनले पक्राउ पूर्जी लिएर आए गिरफ्तारी दिन तयार रहेको बताएकी थिइन्। उनको निवास शंखमुल अगाडि समर्थकले नारावाजी गरिरहेका छन्।

Next Post

रिहा भइन् रामकुमारी झाँक्री

२९ माघ २०७७, बिहीबार १५:३३
काठमाडौँ — प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो । प्रहरीले आफै पक्राउ पुर्जी जारी गर्दै झाँक्रीलाई शंखमूलस्थित उनको निवासबाटै नियन्त्रणमा लिएको थियो । प्रहरीले झाँक्रीसँग […]