सडकको गाँस, ओढारको बास

  ।   २४ पुष २०७७, शुक्रबार १२:४३

दैलेख घर बताउने अन्दाजी ५५ बर्षिय आफ्नो नाम माता बताउने एक महिला नौ महिना देखि ओढारमा बस्दै आएकी छिन् । चन्दननाथ नगरपालिका ३ स्थित गच्चु साँघु ओढारमा बस्दै आएको स्थानीय बताउँछन् । उनी मानसिक रुपमा विक्षिप्त छिन् । उनी सडकमा भौतारिदै आएर वैशाख १० गते देखि ओढारमा बसेकी हुन् । उनी संग लगाउने राम्रो कपडा छ । नत राम्रो बस्ने बास र खाने गास नै । सडकमै खाना माग्छिन् । ओढारमा आएर सुत्छिन् । उनको दैनिकी निकै कष्टकर छ ।
खास घर कहाँ हो ? नाम के हो ? कहाँबाट आउनु भएको हो ? भन्ने बारेमा समेत बताउन चाहदिनन् । स्थानीय जानकी रावल स्थानीयले पालैपाले घरबाट खान पुर्याइदिने गरेको बताउँछिन् । खाना ओढारमै पुग्छ । तै पनि कहिलेकाँही गाउँ र सडक तिर माग्दै हिड्ने गरेको भेटिएको छ । मानसिक सन्तुलन गुमेपनि नराम्रो व्यवहार गरेकी छैनन्,उनले भनिन्,‘ तर खुल्ला आकाशमुनि सुत्ने, वन जङ्गलतिर डुल्ने गर्छिन् । सडकतिर भौतारिने गर्छिन् ।’
घरमा बस्नुहोस । कुनै तातो हुने ठाउँमा जानुहोस भन्दा मान्दिनन् । यो हिउँको माइनस चिसोमा पनि ओढारमा गुजारा चलाएकी छिन्, स्थानीय कृष्णा बुढ्थापाले भनिन्,‘ चाँडै उद्धार नभएको खण्डमा वृद्ध महिलाको मृत्यु हुनसक्ने अवस्था छ । तत्काल उद्धार होस । हामी यही चाहान्छौँ । ’ बेवारिसे महिलाले भने ओढारबाट कहि कतै जान नसक्ने बताइन् । गाउँमा जादैन् । ओढारमा बस्छु, बनपाले बन्छु भन्छिन्,‘कृष्णाले भनिन्,‘ यो अवस्थामा हामी गाउँले पनि देख्न सक्दैनौँ । तत्काल उद्धार गरोस । ’
जिल्ला प्रशासन कार्यालय जुम्लाको पहलमा जिल्ला विपद् व्यवस्थापन समितिबाट ९ महिना देखि एक्लै ओडारमा बस्दै आएकी बेवारिसे वृद्ध महिलालाई पहिलो चरणमा लत्ता कपडा सहित खाद्यान्न राहत दिइएको छ । सडक मानवहरूलाई राहत वितरण गर्ने क्रममै बेवारिसे अवस्थामा ओढारमा वृद्ध महिला बसिरहेको भन्ने थाहा पाएपछि एकाबिहानै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेतृत्वको विपद् व्यवस्थापन टोली ओढारमा पुगेको थियो ।
कठ्याङ्ग्रिँदो चिसोमा खुल्ला ओडारमा बसिरहेकी वृद्ध महिलालाई पहिलो चरणको राहतमा चामल एक बोरो, नुन, तेल, न्यानो कम्बल, ज्याकेट, चाउचाउ, बिस्कुट, पाल, भाडा बर्तन, धोती, लगायतका राहत सामाग्री वितरण गरिएको प्रअिज भुपेन्द्र थापाले बताए ।
दीर्घकालीन रुपमा पुर्नस्थापना हुने व्यवस्था नभए सम्मका लागि राहत दिइएको हो । चिसोमा जति बेला पनि तलमाथि हुने भएकाले तत्काल उद्दारमा जोड दिनु राज्यको दायित्व हो । हामी उद्धार कहाँ कहिले कसरी गर्ने भन्नेबारे तयारीमा जुटेका छौँ, प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ सुर्खेत मानव सेवा आश्रममा पठाउने वा जिल्लामै व्यवस्थापन गर्ने बारे छलफल गरी चाडै उद्धार गर्ने प्रशासनको तयारी छ ।’
प्रशासनले दैनिक उपभोग्य अत्यावश्यक खाद्य सामाग्री सहित लत्ता कपडा दिएपछि खुसी हुँदै माता नाम बताउने वृद्ध महिलाले मरुन्जेल ओडारमै बस्ने बताइन् । मैले धेरै सामान पाइहाले । अव ओढारबाट कतै जादैन’ उनले भनिन् ।

Next Post

सडक आश्रित मानवको उद्धार

२४ पुष २०७७, शुक्रबार १२:४३
जुम्लामा सडक आश्रित मानवको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वय र चन्दननाथ नगरपालिकाको सहयोगमा ४ जना सडक आश्रित मानवको उद्धार गरिएको हो । जसमा चन्दननाथ नगरपालिका ३ गच्चु साँघु ओढारमा बस्दै आएकी दैलेख स्थानीय घर बताउने एक महिलाको सहित ४ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले […]