जुम्लामा गाउँ पसेको घोरलको सकुशल उद्धार

  ।   ८ फाल्गुन २०७७, शनिबार १२:००

जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रको छिना गाउँभित्र भेटिएको घोरलको सकुशल उद्धार गरिएको छ । छिना गाउँका नरसिंह थापाको घर नजिकैको गेटमा लुकेर बसेको घोरलको सकुशल उद्धार भएको हो ।
घोरल भेटिएपछि नरसिंह थापाले पुर्व रेन्जर खड्क महतलाई खबर गरे । डिभिजन बन प्रमुख दिनेशजंग खत्रीले भने,“खड्क महतले डिभिजन बन कार्यालयमा खबर गरेर घोरलको उद्धार भएको हो । अहिले घोरल डिभिजन बन कार्यालय जुम्लामा राखिएको छ ।
घोरल चन्दननाथ नगरपालिका १० को जंगलबाट झरेको हुन सक्ने अनुमान गरिएको छ । राति कुकुरले लखेटेर घरको गेटमै लुकेर बसेको भेटिएको थियो । विहान उठ्दा भेटिएपछि घोरलको सकुशल उद्धार भएको डिभिजन बन कार्यालय जुम्लाले जनाएको छ ।


घोरलको स्वास्थ्य चेकगर्दा कुनै समस्या देखिएको छैन् । सडक डिभिजन कार्यालय जुम्लाको गाडीमा राष्ट्यि बनक्षेत्रमा छाडिने तयारी भइरहेको छ । जनप्रतिनिधि, प्रहरी र बन कार्यालयको रोहवरमा घोरल बनमा छोड्ने प्रमुख खत्रीले जानकारी दिए ।
घोरल किन गाउँतीर झरेको अनुसन्धान भइरहेको छ । हिउँ परेको छैन् । आहाराको कमी पनि छैन । प्रमुख खत्रीले भने,“किन गाउँ झरेको हो । त्यो अनुसन्धान गर्नुपर्छ । ” यो निगालो र खर्सुको घना जंगलमा बस्छ ।
मान्छेले लखेटेको जस्तो चोटपटक पनि छैन । प्रमुख खत्रीले भने,“सकुशल भेटिएको घोरललाई जंगलमा छोड्दा उपयुक्त हुने देखिएको छ । पछिल्लो समयमा जंगल जनावर बर्षै पिच्छे गाउँतिर झरिरहेका छन ।

Next Post

विप्लव सरकारसँग वार्ता गर्न तयार

८ फाल्गुन २०७७, शनिबार १२:००
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएको छ। पार्टीका महासचिव विप्लवले शनिवार एक विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन्। ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा […]

सम्बन्धित