हाम्रा शुक्रकिटले के भनिरहेका छन् ?

  ।   १० फाल्गुन २०७७, सोमबार ०८:१४

शुक्रकिटको संख्या घट्दो क्रममा छ, शिशुका जनेन्द्रीयमा विकृति बढ्दो छ भने बालिकामा शीघ्र यौवन अवस्था देखिन थालेको छ। प्रौढ महिलामा अण्डकोषको गुणस्तरमा ह्रास आइरहेको छ भने गर्भपातका घटनामा पनि वृद्धि भएको छ।

त्यसो त मानिसमा मात्र नभई अन्य जनावरमा समेत यस्तो जनेन्द्रीयसम्बन्धी विकृति देखिएको वैज्ञानिकले बताएका छन्। गोही, ओटर्स र मिंकजस्ता जनावरको लिंगको आकार अस्वाभाविक रुपमा सानो हुँदै गएको छ। विश्वका केही क्षेत्रमा माछा, भ्यागुता र कछुवामा ठूलो सैख्यामा महिला तथा पुरुष दुवैको जनेन्द्रीय देखिएको छ।

चार वर्षअघि प्रजनन स्वास्थ्यका प्राज्ञ साना एच. स्वानले सन १९७३ देखि २०११ सम्म पश्चिमा देशका पुरुषहरूको शुक्रकिटको संख्यामा ५९ प्रतिशतले ह्रास आएको तथ्यांक प्रस्तुत गरेकी थिइन्। यसले मानिसको अन्ततः विनाश हुन सक्ने जोखिम बढेको देखिएको छ।

अमेरिकाका माउन्ट सिनाई मेडिकल सेन्टरकी इपिडेमिओलोजिस्टसमेत रहेकी स्वानले ‘काउन्ट डाउन’ नामक किताब लेखेकी छन्। मंगलबार सार्वजनिक हुन लागेको उक्त किताबले खतराको घन्टी बजाएको छ। उनले किताबका उपशीर्षकमा ‘कसरी आधुनिक दुनियाले शुक्रकिटको संख्यालाई खतरामा पारेर पुरुष तथा महिलाको प्रजनन विकास तथा समग्र मानव जातिको भविष्यलाई संकटमा पारेको छ’ उल्लेख गरेकी छन्। स्वान र अन्य विज्ञका अनुसार मानिसको शरीरमा हुने हरमोनको नक्कल गरेर मानव कोषलाई झुक्याउन जिम्मेवार मानिएका ‘इन्डोक्राइन डिसरप्र्टस’ को रुपमा चिनिने रसायनहरूका कारण यो समस्या आएको हो। गर्भाधानको सुरुको चरणमा लैंगिक हिसाबले फरक रुपमा विकास हुने बेलामा भ्रुणलाई यसले समस्यामा पार्छ। ‘इन्डोक्राइन डिसरप्र्टस’ हरूले प्रजनन कहरको सिर्जना गर्न सक्छन्। ‘इन्डोक्राइन डिसरप्र्टस’ हरू प्लास्टिक, सेम्पु, कस्मेटिक्स, पेस्टिसाइड्स, क्यान फुड, सिरानी, एटिएममा पैसा झिकेपछि आउने रसिदलगायतमा पाइन्छ। यिनलाई नामांकन (लेबल) गरिएको हुँदैन,  जसले गर्दा यिनीहरूबाट टाढा रहन कठिन हुन्छ।

‘४० र्वाअघि तापमानमा वृद्धि भएका स्थानमा केही हिसाबले शुक्रकिटको संख्यामा ह्रास आएको प्रष्ट देखिएको छ,’ स्वानले लेखेकी छन्, ‘जलवायु संकट खतरापूर्ण रहेको सबैले स्वीकार गरेको विषय हो। म आशा गर्छु, प्रजनन संकट पनि हाम्रा लागि उत्तिकै चुनौतीपूर्ण बनेको छ।’ एक पुस्ताअघिसम्म चुरोट कम्पनीहरू बेरोकतोक थिए भने एक दशक अघिसम्म लागुपदार्थ उत्पादकले त्यस्तै स्वतन्त्रता पाएका थिए। यी कम्पनीहरूले ‘इन्डोक्राइन डिसरप्र्टस’ हरूको सुरक्षा परीक्षणविरुद्ध पैरवी गरेका थिए, जसका कारण हामीले दैनिक प्रयोग गर्ने वस्तुले हामी र हाम्रा बालबालिकालाई के असर पार्छ भन्नेमा खास जानकारी हुन सकेन। हामी एक प्रकारले गिनीपिग  बनेका थियौं।

शुक्रकिटको संख्या घटेको मात्र होइन, शुक्रकिटमा विकृतिसमेत देखिन थालेको छ। दुइटा टाउका भएका शुक्रकिट देखिन थालेका छन भने अण्डकोष खोजीमा दौड्न पर्ने शुक्रकिट खास वृत्तमा घुम्न थालेको देखिन्छ। लेखिका स्वानका अनुसार ‘इन्डोक्राइन डिसरप्र्टस’ बाट बढी प्रभावित शिशुको लिंगको आकार सानो हुँदै गएको छ।

अनुसन्धानहरूले कहिलेकाहीं विवादास्पद नतिजा पनि दिन्छन् र हाम्रो जैविक बाटो सधै सुस्पष्ट छैन। शुक्रकिटको संख्यामा देखिएको ह्रास सम्बन्धमा विभिन्न्न मान्यता र सिद्धान्त छन्। यसैगरी किशोरीहरू किन अत्यन्त छिटो युवावस्थामा प्रवेश गर्छन र पुरुषको जनेन्द्रीयका विकृति कति वास्तविकतामा आधारित छन् भन्नेमा पनि विभिन्न मत छन्। तर विश्व स्वास्थ्य संगठन, इन्डोक्राइन सोसाइटी, पेडियाट्रीक इन्डोक्राइन सोसाइटी तथा प्रेसिडेन्ड क्यान्सर प्यानलजस्ता संस्थाले ‘इन्डोक्राइन डिसरप्र्टस’ को नकारात्मक प्रभावबारे चेतावनी दिइसकेका छन् भने क्यानडा र युरोपेली मुलुकले तिनको नियमनका लागि विभिन्न उपायसमेत सुझाउन थालिसकेका छन्। अमेरिकी कांग्रेस र यसअघिको ट्रम्प प्रशासनले वैज्ञानिकहरूको भन्दा उद्योगपतिको कुरा बढी सुन्ने गरेको थियो।

वासिङ्टन विश्वविद्यालयका प्रजनन अनुवांशिक विज्ञ प्याट्रिसिय एन हन्टले मुसामा गरेको एक अध्ययनले ‘इन्डोक्राइन डिसरप्र्टस’ का प्रभाव अन्य पुस्तामासमेत प्रसारण भएको देखाएको थियो। इन्डोक्राइन ग्रन्थीमा समस्या उत्पन गराउने रसायनसँग सम्पर्क गराइएका शिशु मुसाले प्रौढ भएपछि थोरै शुक्रकिट उत्पादन गरेका थिए भने तिनीहरूको असक्षमता अर्काे पुस्तामासमेत प्रसारण भएको थियो। पशुहरूमा गरिएका अध्ययनको नतिजा मानिसमा हुबहु मिल्छ भन्ने त हुँदैन तर मुसाका तीन पुस्तामा त्यस्ता रसायनहरूको लगातार सम्पर्कपछि ५ मध्ये १ पुरुष मुसामा बाँझोपना देखिएको थियो। ‘यस्ता रसायनहरूको मानिसमा भएको सम्पर्कको हिसाब गर्दा हामी यसअघि नै तेस्रो पुस्तामा पुगीसकेका छौं। यो अत्यन्त चिन्ताको विषय हो,’ वासिङ्टन विश्वविद्यालयका हन्ट भन्छन्।

यसले मानवताको भविष्यमासमेत प्रभाव पार्ला त ? युनिभर्सिटी अफ टेक्सास एट अस्टिनका प्राध्यापक एन्डुर गोरका अनुसार यसले मानवको विनाश भइनहाल्ने तर बाँझोपना देखिएको जनसंख्याको उपसमूहमा रहेका परिवारको विस्तारको शृंखला अवरुद्ध हुन सक्छ। ‘विकृति देखिएका शुक्रकिट र अण्डकोष रहेका मानिसले बच्चा पाउने अधिकार गुमाउने छन्। यसले समग्र मानव जातिलाई संकट नपर्ला तर बाँझोपनाबाट ग्रसित जोडीलाई यो घातक हुनेछ,’ उनी भन्छन्।

यो गम्भीर विषयमा थप अध्ययन आवश्यक छ। सरकारी हिसाबले प्रभावकारी अनुगमन र निजी क्षेत्रको कर्पाेरेट जिम्मेवारी पनि यो जोखिमलाई न्यून गर्न सहायक हुन सक्छ। तर लेखिका स्वानका अनुसार केही कुरामा सावधानी राख्न सकेमा जोखिम कम हुन सक्छ। उदाहरणका लागि प्लास्टिकमाभन्दा सिसाका भाडामा खानेकुरा राख्ने, प्लास्टिकमा राखेर खाने कुरालाई माइक्रोवेभमा नराख्ने तथा अर्गानिक खाद्यवस्तुको प्रयोग गर्नु राम्रो हुन्छ। यसैगरी पेस्टिसाइड, चुरोट तथा गाँजाको प्रयोगलाई दुरुत्साहन गर्न आवश्यक रहेको स्वान ठान्छिन्। एयर फ«ेसनरको प्रयोग नगर्न तथा धुवाँधुलोबाट वच्न उनी सुझाव दिन्छिन्।

अहिले समाचारको प्रमुख शीर्षक बनेका विषयवस्तु एक दशकमा निरर्थक हुन सक्छन, शताबदीको के कुरा। तर जलवायु परिवर्तन एक अपवाद बनेको छ। त्यस्तै प्रजनन क्षमताको जोखिम पनि त्यस्तै अपवादको विषय बन्ने देखिएको छ।

(न्युयोर्क टाइम्सबाट)

Next Post

कालीमार्सी धान खरिद अन्यौलमा

१० फाल्गुन २०७७, सोमबार ०८:१४
विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने धानको उपमा पाएको कार्लीमासी धान मापदण्ड अनुसारको नभेटिएपछि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले खरिद प्रक्रिया रोकेको छ। माघ २५ गते सुचना जारी गदै शुद्ध कालीमार्सी धान र चामल ल्याउन कम्पनीले किसानलाई आग्रह गरेको थियो। मार्सी चामल र धान खरिद गर्ने विषयले जुम्लाबासी निकै उत्साहित […]