चिकित्सा शिक्षा आयोगको अनुगमनको प्रतिक्षामा कर्णाली प्रतिष्ठान

  ।   ११ फाल्गुन २०७७, मंगलवार १४:३६

जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल चिकित्सा शिक्षा आयोगको अनुगमनको प्रतिक्षामा छ । प्रतिष्ठानले एमबीबीएस पढाई सञ्चालनका लागि निर्माण गरिएका भौतिक संरचना र तयारीको अवस्था अनुगमनका लागि आयोगको प्रतिक्षामा रहेको जनाएको हो ।
एमबीबीएस सञ्चालनका लागि आधारभुत विज्ञान र क्लिनिक, प्राध्यापक नियुक्ती लगायतका बिषयमा अनुगमनका लागि चिकित्सा शिक्षा आयोगलाई आग्रह गरिएको हो । चिकित्सा शिक्षा आयोगको टोली अनुगमनका लागि भन्दै गत पुस महिना देखि आउने भनिरहेको थियो । तर अहिले सम्म पुगेको छैन ।
एमबीबीएस कक्ष सञ्चालनको लागि तयारी भइरहेको छ, प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले भने,“ अब अनुगमनको खाँचो छ । चिकित्सा शिक्षा आयोगको टोलीलाई स्वागत गर्न आतुर छौँ । ”
एमबीबीएसका लागि बेसिक ८ र क्लिनिकल १४ बिषय र प्राध्यापक सहितको टोली तयारी अवस्थामा छ । अहिले ३ सय सैह्याको अस्पताल चलिरहेको छ । कक्षा कोठा लगायत आवश्यक उपकरण तयारी पुगेको छ । शिक्षाध्यक्ष थापाले थपे,“चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरे संगै पठनपाठन शुरु गर्न सकिने अवस्था छ । ”
एमबीबीएस पठनपाठन जुम्लामै हुनेभएपछि कर्णालीबासी उत्साहित छ । अहिले एमबीबीएस पठनपाठनको सबै संरचना निर्माण भइसकेको छ । चिकित्सा शिक्षा आयोगले अनुगमन गरेर अनुमति दिने बित्तिकै एमबीबीएस शुरु गर्न सकिन्छ ।
अहिले एमडीएमएसका लागि ५ जना विद्यार्थी भर्ना भइसकेका छन । आगामी चैतबाट पठनपाठन शुरु हुने छ । एमडीएमएस पढनका लागि विद्यार्थी आउदैनन भन्ने भ्रम थियो । तर कोटा अनुसारका विद्यार्थी भर्ना भइसकेका छन । एमडीएमएस तीन बिषयमा पठनपाठन हुन थालेको हो ।
अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्टाफनर्स,एचए,बिबिएच,बिएमएस, एनेस्थेसियाका बारेमा पठनपाठन भइरहेको छ ।
चिकित्सा शिक्षा आयोगको टोलिले पटक पटक आउने भनेपनि आउन सकेको छैन । एमबीबीएस पठनपाठनका लागि तयारी अवस्थामा रहेको बताउँदै कर्णालीबासीले तयारी अवस्थामा रहेको संरचनाको अनुगमन गरिदिन आग्रह गरेका छन ।

Next Post

संसद पुन:स्थापना, १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

११ फाल्गुन २०७७, मंगलवार १४:३६
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय वदर गर्दै १३ दिनभित्र संसद वैठक बोलाउन आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा रहेको ५ सदस्यीय संवैधानिक इजलासले संसद पुन:स्थापनाको फैसला गर्दै १३ दिन भित्र संसद वैठक बोलाउन आदेश गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्या […]

सम्बन्धित