प्रदेश प्रहरी विधेयक मस्यौँदामा छलफल गर्न मन्त्री भण्डारी जुम्लामा

  ।   १५ फाल्गुन २०७७, शनिबार ०९:३९

गोल्डेन बुढा /कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी प्रदेश प्रहरी विधेयक मस्यौँदामा छलफल गर्न जुम्ला पुगेका छन । मन्त्री भण्डारी शुक्रबार जुम्लामा पुगेका हुन । पहिलो दिन जिल्लाको सुरक्षा निकाया संग छलफल गरेको कानुनमन्त्रीका स्वकीय सचिव बिमल थापाले जानकारी दिए ।
उनल भने,“मन्त्री ज्यु को टोलीले पहिलो भेटघाट सुरक्षा निकाय संग गरेको छ । शनिवार सरोकारवाला निकाय संग बृहत रुपमा छलफल गर्नेछ । ”
छलफलमा नेपाली सेनाका उपरथी, प्रदेश सचिव, जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा,पुर्व एआइजी,पुर्व डिआइजी,एसपी,डिएसपी लगायतका सुरक्षाकर्मी संग छलफल भएको थियो ।
मन्त्री भण्डारी शनिवार प्रदेश प्रहरी मस्यौँदाका बारेमा छलफल गरेर आइतबार पातारासी गाउँपालिकामा आयोजना हुन लागेको कार्यक्रममा सहभागि हुने कार्यतालिका छ । प्रदेश प्रहरी मस्यौँदाका बिषयमा सबै सरोकारवाला निकाय संग घनिभुत छलफल अघि बढाउने कानुनमन्त्रालयले जनाएको छ ।

 

Next Post

अग्नीपीडितलाई कतारमा रहेका जुम्लीको राहत

१५ फाल्गुन २०७७, शनिबार ०९:३९
जुम्ला तिला गाँउपालिका ७ गोठी गाउँका अग्नी पीडितका लागि कतारमा रहेका जुम्लाबासीले राहत पठाएका छन । उनीहरुले आफुले कमाएको रकमबाट अग्नी पीडितलाई राहत दिएका हुन । प्रति परिवार ३० केजी चामल,५ पाकेट तेल,चार चक्की साबुन र एक कम्मल राहत पठाएका हुन । आगलागीबाट ३० घर जलेका थिए । कर्णाली पोष्ट […]