आवास बनाइदिन अग्नीपीडितको माग

  ।   १७ फाल्गुन २०७७, सोमबार १४:४०

जुम्ला तिला गाउँपालिका ७ गोठीगाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै खरानी बनायो । बलिरहेको आगो निभाउने न पानी थियो, नत कुनै अन्य उपाय । आगलागी भएको टुलुटुलु हेरिरहनुको विकल्प थिएन । हेर्दा खेर्दै बस्ती खरानी बन्यो । त्यो बस्तीमा अहिले स्थानीय जान पनि डराउने अवस्था छ । जहाँतही आगोले ढडेको कालो मात्रै छ । घर भित्र रहेका अन्तपात, लत्ताकपडा र बस्तुभाउ सबै जले । उज्यालो हुदैँ आगो लागेको कारण मानवीय हुन सकेन ।
आगालागी भएको महिना दिन वित्यो । तर अग्नी पीडितको आभाष निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । राहत र उद्धारका कार्य भइराखेका छन । स्थानीय पर्बलाल रोकाया भन्छन,“अब हामीलाई आवास चाहियो । आफ्नै घरभित्र बसेर शान्तिको सास फेर्न चाहान्छौँ । ”
आगोले बस्ती खरानी भएपछि गोठीगाउँबासी सबै निराश छन । मानवीय क्षेति त भएन । तर मानव बाँच्न चाहिने अन्नपात, लुगाकपडा सबै जले, उनले भने,“यति जलेपछि बाँच्नुको कुनै औचित्य छैन । गाउँ नै खरानी भएको देख्दा उदेक लागेर आउने गर्छ । ”
अहिले विभिन्न दातृ निकाय, सरकार, व्यक्ति संघसंस्थाले दिएको राहतले काम चलिरहेको छ । तर त्यो लामो समय सम्मको समाधान होइन । पर्वलालले भने,“अग्नी पीडितको दिर्घकालिन समाधान भनेको त आवास निर्माण हो । आवास निर्माणमा सरोकारवालाको चासो हुनु पर्यो । ”
अल्पकालिन समस्य समाधानका लागि गृहमन्त्रालयबाट टेण्ट आइपुगेको पनि एक महिना पुग्न लागिसक्यो । तर तिला गाउँपालिकामै थन्किएका छन् । पर्वलालले राहत लिएर नाग्म बजार पुगेका प्रमुख जिल्ला अधिकारी थापा समक्ष भने,“अल्पकालि समाधानका लागि पाल पुगेको छ भन्ने सुनेका छौँ । न देखेका छौँ । न पाएका छौँ । एक पटक लिइसकेपछि पाल फिर्ता गर्नु पर्छ भनेर गाउँपालिकाले भनेको छ । यो बिषयमा पहल गरिदिनु पर्यो । ”
उनले अग्नी पीडितका लागि आएको पाल तत्काल उपलब्ध गराउनको लागि आग्रह गरे । जिल्ला प्रशासन कार्यालय जुम्लाको पहलमा गृहमन्त्रालयले ३१ वटा पाल पठाएको थियो ।त्यो पाल सिँधै विपद व्यवस्थापन समितिमा पुग्नु पर्ने हो । तर स्टार पनि भएको र भाडा लगायतका बिषयलाई ख्याल गर्दै गाउँपालिकामा राख्न लगाइयो, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने,“त्यो पाल तत्काल अग्नी पीडितले पाउनु पर्ने हो । नपाएको देखियो । अब उपलब्ध गराउनको लागि आग्रह गर्दछु । ”
अग्नी पीडितका लागि ३१ वटा पाल आएका छन । विश्व खाद्य कार्यक्रमले गृहमन्त्रालयको समन्वयमा पठाएको पाल अग्नी पीडितले पाउन नसक्नु दुखद पक्ष हो । पाल दिएको बारेमा रिर्पोट मागिरहेको छ । लस्करै पाल टाँगेको फोटो मागिरहेको छ । उनले भने,“गाउँपालिकाका्े ढिलासुस्तीले दिन सकिएको छैन ।”
प्रमुख जिल्ला अधिकारी थापाले अग्नीपीडितको घर निर्माणको लागि पहल भइरहेको बताए । उनले भने,“संघ र प्रदेश कसले घर बनाइदिने भन्ने बिषयमा सामान्य समस्या त छ । तर दोहोरो नपर्ने गरि अग्नीपीडितका घर बनाइदिन्छौँ ।” यो बर्ष नै घर निर्माण हुनुपर्छ भन्ने मान्यता रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णु बढाले अग्नी पीडितको घर जसरी पनि बनाइदिने बताईन । उनले भनिन्,“कर्णाली प्रदेश सरकार संग जाँदा अग्नी पीडितका घर बन्छन भनेर सन्देश लिएर जानु भनिएको छ । त्यही भएर ढुक्क छौँ । संघीय सरकार संग पनि पहल गर्छौ । यदि कुनै पनि ठाउँबाट घर बनाउने अवस्था नआएको खण्डमा स्थानीय सरकारले पनि घर निर्माणमा साथ दिन्छ । ढुक्क हुनुहोला । ”
अग्नी पीडितको राहतका लागि चौतर्फी पहल भईरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनले भने,“अग्नीपीडितका घर बन्छन । सबै निकाय संग कुराकानी भइरहेको छ । गाउँपालिकामा थन्किएको पाल पनि छलफल गरेर पठाउने वातावरण सिर्जना हुन्छ । ढुक्क हुदा हुन्छ । ”
गत माघ १३ गते आगोले लागेको थियो । आगोले जलेर ३१ घर नष्ट भएका छन ।

Next Post

कर्णाली प्रदेशले प्रांगारिक कृषि दिवस मनाउने

१७ फाल्गुन २०७७, सोमबार १४:४०
अर्गानिक कृषिको आधार खडा गरी अर्गानिक प्रदेश बनाउने योजनालाई सघाउ पुर्‍याउन कर्णाली प्रदेश सरकारले आगामी वर्षदेखि हरेक वर्ष प्रांगारिक कृषि दिवस मनाउने निर्णय गरेको छ। कर्णाली प्रदेशभरि प्रत्येक फागुन ६ गते प्रांगारिक कृषि दिवस मनाउने प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो। कर्णाली प्रदेश सरकारको २०७४ फागुन ६ गते बसेको […]