जुम्ला बजारमा प्रशासन कार्यालयको छड्के

  ।   २० फाल्गुन २०७७, बिहीबार १९:५९

अखाद्य बस्तुको किनबेच भइरहेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले खलंगा बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई नेतृत्वको टोलीले बजारमा छड्के अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अखाद्य बस्तुको किनबेच भइरहेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईले जानकारी दिए । टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रतिनिधि समेत सहभागि थिए । बजारमा उपभोक्तालाई अखाद्य बस्तु बिक्रिवितरण गरेको भेटिएको अनुगमन टोलीले जानकारी दिएको छ ।
खाद्य तथा किनारा पसलमा अखाद्य बस्तुको बिक्रि गरिएको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईले बताए । उनले भने,“सदरमुकामको बजारमा अखाद्य बस्तुको विक्रि भइरहेको भेटियो । उपभोक्ताले गरेको गुनासो सही भयो । ”
अधिकांस पसल संञ्चालकले मूल्य सूचि टाँस नगरेको भेटिएपछि अनुगमन टोलीले तत्काल मुल्य सुचि टाँस्न सुझाव दिएको थियो । खलंगा बजारका २६ पसलमा अनुगमन गरिएको थियो ।
ठुला व्यापारीले अनुगमनको जानकारी पाएपछि पसल बन्द गरेर आफ्नो कमजोरी लुकाउने कार्य गरे । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयका प्रमुख पदम प्रसाद उपाध्यायले,अनुगमनको क्रममा भेटिएको अखाद्य बस्तु सबै भन्दा बढी मिठाइ रहेको बताए । उनले भने,“अखाद्य बस्तुको किनबेच गर्नु मानवीय स्वास्थ्यमा खेलबाड गर्नु हो । अब अनुगमन कडाइ पुर्वक अघि बढाउनुपर्छ । ”
अधिकांस मिठाई व्यापारीले ६ महिना म्याद रहेको मिठाई तीन बर्ष सम्म पनि बेचिराखेको भेटिएको थियो । दालमोट,तेल,बिस्कृट,चाउचाउ, मिठाइ, फयान्टा जस्ता समान म्याद सकिएको भेटिएको थियो ।
अखाद्य बस्तु बिक्रि गर्दा उपभोक्ताको स्वास्थ्यमा दिर्र्घकालिन असर पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका प्रमुख अमित भुषण सुमनले बताए ।
अनुगमनका क्रममा २० हजार १५ रुपैयाँ बराबरको सामान जफत गरी नष्ट गरीएको छ । जफत गरिएको समान सरोकारवाला र प्रहरीको रोवरमा नष्ट गरिएको छ । खाद्य,खुद्रुा पसल लगायतका व्यवसायिबाट म्याद गुज्रेको सामान जफत गरी गरिएको छ । बजार अनुगमनमा चन्दननाथ नगरपालिका,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी प्रशासन र पत्रकारको सहभागिता रहेको थियो ।

Next Post

ट्रिगर दबाउने हातले कल चलाउँदै पूर्वलडाकु

२० फाल्गुन २०७७, बिहीबार १९:५९
जुम्ला पोखरी गाउँका मोतिलाल रोकाया (पुस्कर) पूर्व जनशक्ति सेनाका एफजिएल हुन्। उनी २०५९ सालमा भुमिगत भए। सिँधै जनमुक्ती सेनामा भर्ति भए। म्याग्दी, जुम्ला र कुसुमको ठूला फौजी आक्रमणमा सहभागी भए। कैलालीको पाण्डौनमा भएको भिडन्तमा दाहिने खुट्टाको कुइनामा गोली लाग्यो। उनी थलिए। गोली अहिले पनि भित्रै छ। हातमा समेत गोली लागेको […]