विप्लव समुह शान्ति प्रक्रियामा आउँदा कर्णालीबासी खुसी

  ।   २३ फाल्गुन २०७७, आईतवार ०९:४५

नेकपा विप्लव समुह शान्ति प्रक्रियामा आउँदा जुम्लाबासी खुसी भएका छन । विप्लव समुह भुमिगत अवस्थामा हुदाँ मुलुकमा फेरी युद्ध चल्ने चिन्ताले आजित जुम्लाबासी शान्ति प्रक्रियामा आए संगै ढुक्क भएका हुन ।
विप्लव समुहले यहाँका दुर्गम क्षेत्रमा संगठन विस्तार गर्ने देखि युद्धमा साथ दिन जनतालाई अपिल गरिरहेको थियो ।
गाउँका शिक्षक,कर्मचारी, जनप्रतिनिधि संग चन्दा असुलिरहेको थियो । जुम्लाको तिला गाउँपालिका ६ मा विप्लव समुहका कार्यकता गएर चन्दा माग्न थालेपछि गाउँलेले बाँधेर प्रहरीको जिम्मा लगाएका थिए ।
त्यहाँ देखि नै गाउँमा पटक पटक धम्की आउने देखि त्रास फैलाउने कार्य सम्म भइरहेको थियो, एक स्थानीय शंरप्रसाद अधिकारीले भने,“शान्ति प्रक्रियामा आएपछि ढुक्क भयौँ । अब युद्ध देख्न पर्दैन होला । चन्दा बुझाउनु पर्दैन होला । शान्तिको सास फेरेर काम गर्न पाइन्छ होला । यसैमा ढुक्क भयौँ ।”
यहाँका कर्णाली करिडोर क्षेत्रमा रहेका विद्यालयमा समेत विप्लव समुहले व्यापक संगठन विस्तार गरिरहेको थियो । तत्कालिन माओबादीका सुरक्षित मानिएका गाउँबस्तीमा विप्लव समुहको उपस्थिती बढिसकेको थियो । फेरी युद्धको शुरुवात हुन सक्ने भन्दै स्थानीय त्रासिद थिए ।
जुम्लाको सिँजा क्षेत्रमा विप्लव समुहको पहुँच राम्रै थियो । अव मुलुकलाई युद्ध चाहिएको छैन । शान्ति समृद्धि र विकास चाहिएको छ । अर्का स्थानीय परिमल रोकायाले भने,“शान्ति प्रक्रियाका माध्यमबाट अघि बढ्ने सोच निकै सान्दर्भिक र उपलब्धिपुर्ण छ । ”
गाउँमा जनयुद्धमा खनिएकार बंकर पुरिएका छैनन । अधिकांस ठाउँमा सेन्ट्रिपोष्ट जीवितै छन । त्रासपुर्ण अवस्थाको पुर्ण रुपमा अन्त्य हुन सकिरहेको छैन । नेकपा विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाउँदा जुम्लाबासी निकै चिन्तित थिए । जनयुद्ध कालमा जुम्लाका हरेक वस्तीका युवाले बलिदान गरेका छन । घाइते धेरै छन । बेपत्ताको खोजी हुन सकिरहेको छैन ।
विप्लव समुह वार्ताका माध्यमबाट शान्ति प्रक्रियामा आउँदा सिंगो कर्णालीबासी खुसि नै छ । जनयुद्धमा सबै भन्दा प्रभावित कर्णाली क्षेत्र बन्यो । तत्कालिन सरकारी संरचना भत्किए । गाउँमा कर्मचारी पुगेर काम गर्न सकिने अवस्था रहेन । गाउँमा आउने बजेट सदरमुकाममै बसेर खर्च गर्न थालियो । फलस्वरुप पहिलेका दुर्गम र विकट मानिएका बस्ती माथि उस्कन सकेनन । अहिले पनि भौगोलिक विकट्ता भन्दै पछि परेका छन ।
हरेक असार मसान्तमा विप्लव समुहको चन्दा रसिद स्थानीय तहमा आइपुग्थ्यो । विकास निर्माणका कार्यमा अवरोध हुन्थ्यो । नेपाल बन्द, चक्काजाम भइरहन्थे । विप्लव समुहका कालिकोटका खड्कबहादुर विश्वकर्मा प्रवक्ता नै भएकोले कर्णालीमा विप्लव समुहको राम्रै पकट थियो । कर्णाली फेरि पनि युद्धको भुमरीमा पर्न चाहदैनथ्यो । देशमा मुठभेडको अवस्था देख्न चाहन्थेन । विप्लव समुह शान्ति प्रक्रियामा आएपछि कर्णालीबासीको शान्ति प्रतिको सोच पुरा भएको छ ।
जुम्लामा विप्लव समुहको नाममा धेरै प्रकारका हिंसात्मक गतिविधि हुन सक्ने खतरा थियो । नेपाल प्रहरीले विप्लव समुहको पकट क्षेत्रमा निगरानी बढाइरहेको थियो । छापा मार्ने र पक्रने काम भइरहेको थियो । यो कार्यले गाउँबस्तीमा निकै त्रास बढिरहेको थियो ।

Next Post

एयर गनसहित एक पक्राउ

२३ फाल्गुन २०७७, आईतवार ०९:४५
एयर गनसहित प्रहरीले शनिबार राति वीरेन्द्रनगरबाट एक जनालाई पक्राउ गरेको छ। हतियार देखाएर विभिन्न व्यक्तिहरुलाई तर्साउने, धम्की दिने गरेको गुनासो आएपछि प्रहरीले वीरेन्द्रनगर–६ का ३० वर्षीय आजाद इद्रीशीको मोटरसाइकल ग्यारेजको खानतलासी गरेको थियो। ‘ग्यारेज खानतलासी गर्दा एयर गन फेला पार्‍यौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले भने, […]

सम्बन्धित