स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न जुम्ला प्रशासनको आग्रह

  ।   ११ चैत्र २०७७, बुधबार ११:१९

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना भाइरस (कोभिड १९) बाट बच्न स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरेको छ । कोभिड १९ को दोस्रो वेभ छिमेकी मुलुक भारतबाट तीब्र रुपमा फैलिएकोले स्वास्थ्य तथा सुरक्षा मापदण्डको भरपुर पालना गर्न आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालयले भारत तथा तेस्रो मुलुकबाट भित्रिएका ब्यक्तिहरुलाई कम्तीमा १० दिन होम क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन स्थानीय तहलाई सुझाव दिएको छ ।

कोभिड १९ को लक्षण देखिएको खण्डमा तत्काल तोकिएको स्वास्थ्य संस्थामा गई कोरोना परिक्षण गराउन,सार्वजनिक रुपमा हिडडुल गर्दा अनिवार्य रुपमा मास्क लगाउने र न्युनतम २ मिटरको दुरीमा सामाजिक दुरी कायम गर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनले अति आवश्यक बाहेक जिल्ला भित्र भेला,जमघट,गोष्ठी,सेमिनार तथा अत्यधिक भिडभाड हुने कुनै पनि किसिमको कार्यक्रम सभा तथा समारोह आयोजना नगर्न परिपत्र गरिएको बताए ।

हरेक व्यक्तिले समय समयमा साबुन पानीले हातधुने र अनिवार्य रुपमा सेनिटाइजरको प्रयोग गर्नु पर्ने छ, प्रमुख जिल्ला अधिकारी थापाले भने,“जिल्ला भित्र कोभिड १९ को संक्रमणको संभावनालाई दृष्टिगत गरौँ,सबै स्थानीय तहले आ आफ्नो क्षेत्र भित्र पहिले सञ्चालनमा आएका क्वारेन्टिन र आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राखौँ । ” स्थानीय तह र स्वास्थ्य संस्थाले कोभिड १९ को संक्रमणबाट बच्ने उपायको बारेमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न र स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउनु पर्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

भारत लगायत तेस्रो मुलुकबाट प्रवेश गर्नेको विवरण तयार गरेर होम क्वारेन्टिनमा अनिवार्य बस्ने व्यवस्था मिलाउन निर्देशन गरेको छ । प्रशासनले निकट आउदै गरेको फागु पुर्णि (होली) को अवसरमा घरपरिवार भित्र मात्र बनाउने,सार्वजनिक रुपमा भिडभाड जमघट तथा भेला नगर्न भनेको छ ।

होटल पसल व्यापार व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड उचित रुपमा परिपालना गरेर मात्र सञ्चालन गर्नु पर्ने र बेलुका ८ बजेभित्र होटल एबम पसल अनिवार्य रुपमा बन्द गर्नु पर्ने जनाएको छ । प्रशासन कार्यालयले मास्क प्रयोग नगर्ने,जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना नगर्ने जो सुकैलाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्वाही गरिने चेतावनी समेत दिएको छ

Next Post

समाजसेवी सुनारद्धारा खेलाडीलाई जर्सी

११ चैत्र २०७७, बुधबार ११:१९
सुर्खेत बीरेन्द्रनगरका समाजसेवी तिर्थ सुनारले खेलाडीलाई जर्सी उपलब्ध गराएका छन । सुर्खेतमा भइरहेको प्रथम चुलि कपमा हाम्रो कम्प्युटर ईन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर सुर्खेतको भलिबल प्रतियोगिताका खेलाडीलाई समाजसेवी सुनारले जर्सी वितरण गरेका हुन । टिमका ब्यबस्थापक ÷ कोचर तथा हाम्रो कम्प्युटर ईन्स्टिच्युटका सञ्चालक पदम बहादुर बि.क. र खगेन्द्र मल्ललाइ सयुक्त रुपमा […]