स्याउ खेती बिमामा किसानको आकर्षण

  ।   ११ चैत्र २०७७, बुधबार २०:१४

मौसममा आधारित स्याउ खेती  बिमा गर्न कर्णालीका किसान हौसिएका छन । मौसमका कारण स्याउमा हुने क्षति स्वरूप किसानले क्षतिपूर्ति पाउन थालेपछि किसान उत्साहित हुदै स्याउ खेती बिमा गर्न थालेका हुन ।

यो बर्ष कर्णालीका किसानले साढे २ करोड रूपैयाँ बराबरको बिमा रकम भुक्तानी पाएका हुन । मौसमले गर्दा स्याउ फलेन । किसानले बिमा गरे । क्षतिपुर्ति स्वरुप बिमा रकम पाए । पातारासी गाउँपालिकाका स्याउ किसान अधिराज बिष्टले भने,“स्याउ खेति बिमा शुरु भएपछि हामी किसान निकै लाभान्वित छौँ ।

तत्कालिन कर्णालीका जुम्ला,कालिकोट र मुगुका गरी १ हजार ३ सय ९१ जनाले २ करोड ५५ लाख रुपैयाँ क्षतिपुर्ति रकम पाएका हुन ।  प्रति विरुवा ४२ रुपैयाँमा बिमा गराए थिए ।   प्रतिविरुवा २ सय ७० रुपैया भुक्तानी पाए ।

 जुम्लाका ७ सय ४७ जना किसानले ४९ हजार विरुवाको बिमा गराएका थिए । प्रति विरुवा २ सय ७० रुपैयाका दरले १ करोड ३३ लाख बिमा रकम पाए ।  जिल्लामै सबैभन्दा बढी ७ सय विरुवाको बिमा पातारासीका किसान अधिराज विष्ट गराएका थिए । उनले  १ लाख ८९ हजार भुक्तानी पाए । उनले भने,“स्याउ खेति बिमा नगरेको भए निकै घाटा लाग्थ्यो । बिमा गरेपछि बगैँचा व्यवस्थापन गर्ने रकम त आयो । यो निकै राम्रो कार्य हो । जिल्लाका सबै किसानले स्याउ खेति बिमा गर्न जरुरी छ । ”

 असिना,पानीबाट हुने क्षतीबाट आजित भएका अधिराजले बर्षेनी स्याउको बिमा गर्छन ।  बिमा कम्पनीले पनि गाउँगाउँमा पुगेर स्याउ खेति बिमा पारेमा स्पष्ट पार्ने गरेका छन ।   स्याउ उत्पादनमा गिरावट आउदा निरास बनेका यहाँका किसान बिमा रकम पाउदै निकै खुसि भए ।

कर्णालीमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले स्याउ बिमा गरिरहेको छ ।  कालिकोट जिल्लाका ३ सय २६ जना किसानले २ हजार ६ सय विरुवाको मौसममा आधारित स्याउ बिमा गराएका थिए । प्रति विरुवा २ सय ७० रुपैयाका दरले कालिकोटका ३ सय २६ किसानले ७० लाख २० हजार क्षेतिपुर्ति रकम भुक्तानी पाएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्णाली इन्चार्ज क्रृषिराम पाण्डेले जानकारी दिए ।

 मुगु जिल्लाका ३ सय १८ जना किसानले १ हजार ९ सय विरुवाको बिमा गरे बापत ५१ लाख ३० हजार भुक्तानी पाएको उनले बताए । इन्चार्ज पाण्डेले भने,“बिमा गरेका किसानको घरदैलोमै पुगेर बिमाङ्क रकम प्रदान गरेका छौँ । बिमा गरेर समयमै भुक्तानी दिने गर्दा जुम्ली किसानको स्याउ खेती तर्फ आर्कषण पनि बढेको छ । बिमितहरुको संख्या पनि बढ्दै गएको छ ।”

आगामी दिनमा कर्णाली पाँचै जिल्लाका गाउँगाँउमा बिमाको पहुँच बिस्तार गर्ने लक्ष्य रहेको उनले बताए । स्याउ फल्ने बेला परेको असिनाले बढि क्षति गराएको थियो । कोरोनाका कारण केहि ढिला क्षतिपूर्ति वितरण गरिएको पाएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका इन्चार्ज ऋषिराम पाण्डेले बताए ।

स्याउ बगैंचामा काम गर्न जाँदा चोटपटक लागेमा ७५ प्रतिशत र मृत्यु भएमा एक लाख रुपैयाँ दिने नीति शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडल ल्याएकोे उनले जानकारी दिए । स्याउ बिमाले किसानलाई निकै ठुलो फाइदा पुर्याएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछिराम महतले स्याउ खेतीबाट क्षति बेहोर्नु परेका किसानलाई राहत पुगेको बताए । उनका अनुसार  जुम्लाका १६ हजार घरधुरी स्याउ बगैँचा छन । तर ७ सय किसानले मात्र स्याउ बिमा गरेका छन ।  सबै किसानलाई स्याउ बिमा प्रति आकर्षण गर्न गाउँटोलमा स्याउ बिमा बारे सचेतना मुलक कार्यक्रम गर्न जरुरी छ ।

Next Post

पथ्थर फोडेर फराकिलो सडक

११ चैत्र २०७७, बुधबार २०:१४
कर्णाली राजमार्ग हुँदै नाग्म गमगडी जाने सडक खन्न कनकासुन्दरीको भिड निकै चुनौति थियो । कडा पथ्थर फोडेर सडक बन्ला भन्ने कसैले अपेक्षा गरेका थिएनन् । हिडडुल गर्ने सबैले त्यो क्षेत्रमा निकै साँघुरो सडक र जोखिमपूर्ण हुने बताउँथे । तर भिर फोडेर सडक बनेपछि स्थानीय चकित छन् । भिर भएको क्षेत्रमा […]