रारातालमा आन्तरिक पर्यटक भरिभराउ

  ।   ३१ चैत्र २०७७, मंगलवार ०६:४७

लामो समय कोरोना कहरले सुनसान कर्णालीको रारातालमा आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा पर्यटकको आवागमन बढेपछि यहाँको शोभा नै बढेको हो । दैनिक झण्डै डेढ सयदेखि दुई सय पर्यटक भित्रिने गरेका हुन ।

चैत सुरु भएसँगै हवाइ र सडक मार्गबाट रारा आउने पर्यटकको संख्या बढेको हो । नाग्म गमगडी हुदै रारा जाने सडक स्तरउन्नती भएको र मौसम पनि अनुकुल भएकोले यो समय रारा घुम्नका लागि उपयुक्त छ ।  रारा क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बन्द्रीविनोद दाहालले बताउँछन ।

अहिले रारातालको छेउछाउमा रहेको मिलिचौर, सल्लेरी, ताल्च लगायत गाउँमा पर्यटकको घुइँचो नै छ । काठमाडांै, भक्तपुर, पोखरा, विराटनगर,नेपालगंज,सुर्खेत लगायतका जिल्लाबाट आन्तरिक पर्यटक भित्रिएका हुन । निकुञ्जका संरक्षण अधिकृत दाहालले भने,‘पर्यटक बढिरहेका छन । बासको समस्या छ । अधिकांस पर्यटक पाल टाँगेर रात बिताउँन विवश छन । ’

कच्ची सडक,धुलो र धुवा संगै यात्रारत पर्यटक राराको छेउमा पुग्दा सबै दुख कष्ट बिर्षन्छन । राराताल क्षेत्र वरिपरि दुई वटा पर्यटकीय होटल छन , माझ घट्ट होमस्टे सञ्चालनमा छ । तर अहिलेको पर्यटक भित्रिने लहरलाई ती होटलले थेग्न सक्दैनन । राराताल जीवनमा एक पटक सबैले अवलोकन गर्ने पर्ने पर्यटकीय गन्तव्य हो, अर्घाखाँचीका जगतबहादुर शाहीले भने,‘तर राम्रो होटल नहुँदा बस्न समस्या देखियो । दिनभर राराको रमाइलोमा झुम्मिने पर्यटक एक दुई घण्टा घुमेर बास बस्नकै लागि फर्किनु पर्ने बाध्यता हुन्छ । ’

पर्यटकलाई खान र बस्नको राम्रो प्रबन्ध गर्न सकेको खण्डमा  पर्यटक लाई चार÷पाँच दिनसम्म रारामै राख्न सकिने संरक्षण अधिकृत दाहाल बताउँछन । रारामा बनेका न होटलमा राम्रो बास पाइन्छ । नत राम्रो गास नै । सरोकारवालाको निरन्तर अनुगमन नहुँदा होटलहरु व्यवस्थित हुन सकेका छैनन ।

पर्यटक बढ्न थालेपछि रारा विमानस्थलमा हवाइ चाप बढेको छ । नेपालगन्जबाट तारा, समिट र सीता एयरले दैनिक ५ देखि ८ वटा उडान भर्छन । पर्यटक बढेपछि उडान भर्न भ्याइनभ्याइ छ ।  अधिकांश पर्यटक काठमाडौदेखि दोहोरो टिकट ल्याएर फर्किने गरेको विमान कम्पनीहरु बताउँछन ।

रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुंगा चालकलाई समेत भ्याइनभ्याइ हुन थालेको छ । कोरोनाका कारण सुनसा नबनेको रारा क्षेत्रका स्थानीय रोजगारी खोसिएको अनुभुति गरिरहेका थिए । तर अहिले पर्यटक बढेपछि काम पाइरहेको बताउँछन । घोडामार्फत पर्यटकलाई मुर्माटप, झयारी, पिना, सिँगाडी, माथितुम लगायत गाउँमा घुमाउँछन ।

स्थानीय जगतबहादुर रोकाया पर्यटक बढेपछि आम्दानी पनि बढेको बताउँछन । बिहानैदेखि साँझ अबेरसम्म पर्यटकलाई घुमाउँछौँ,उनले भने,‘पर्यटकलाई यहाँका सबै यथार्थ सुनाउँछौँ । पर्यटकले दिएका रचनात्मक बिषय ग्रहण गर्छौ ।’  पर्यटकलाई घोडामा विभिन्न क्षेत्रमा घुमाए वापत दैनिक ५ हजार रुपैयाँसम्म कमाउने गरेको स्थानीय बताउँछन ।

रारा घुम्न आएका अधिकांस पर्यटकको रोजाई हो मुर्माटप । मुर्माटप पुगेपछि रारातालको पुरै चित्र खिच्न मिल्छ । ठुला हिमाल, डाँडाकाँडाको अवलोकन गर्न मिल्छ । रारा घुम्न आएका अधिकांश पर्यटक मुर्माटप जाने गरेको स्थानीय बताउँछन । मुर्माबाट राराको पुरै भाग देख्न सकिन्छ,’ उनले भने, ‘पर्यटक दिनभरि नै मुर्मा बस्छन्,। बासको समस्या हुँदा फेरि रारामै झर्नुपर्ने समस्या छ । प्राकृतिक रुपमा मनै लोभ्याउने रारा व्यवस्थापकीय रुपमा निकै पछाडि छ । रारा पर्यटक तानिरहेको छ । तर यहाँको व्यवस्थापनले पर्यटकको माथ थेगिरहेको छैन । जसका कारण रारा पुग्ने हरेक पर्यटकको मन खिन्न हुने गरेको छ । ’

कर्णाली करिडोर हुदै राराजाने पर्यटकको संख्यामा तीब्र बृद्धि भइरहेकोछ । जुम्ला कालिकोटको सिमाना, नाग्म, गोठिज्युला, बुलबुले क्षेत्रमा रहेको होटल पर्यटकले भरिभराउ हुन्छ ।

पानीको सतह घट्यो  

पछिल्लो समयमा रारातालमा पानीको सतह घटेको छ । लामो खडेरी र जलवायु परिवर्तनका कारण रारातालको पानीको सतह घटेको हो । रारातालबाट निस्कने खोला सुकेपछि रारातालको पानीको सतह घटेको पुष्टि भएको छ ।

रारा राष्ट्यि निकुञ्जका संरक्षण अधिकृत दाहालले राराबाट निस्कने खोला सुकेको बताए । पहिलो राराको पानी निकास खोला देखि बगरहन्थ्यो,उनले भने,‘अहिले पानी बग्न छाडेको छ । यो भनेको राराको पानीको सतह घट्नु हो । ’ पाँच बर्ष अघि १५ सेन्टिमिटर पानी घटेको थियो । उनले थपे,‘अहिले १० सेन्टिमिटर पानी घटेको हुन सक्ने अनुमान गरेका छौँ । पानीको सतह नाप्ने मेसिन नहुँदा एकिन गर्न सकिएको छ । रारातालको गहिराइ नाप्न सरोकारवाला संग आग्रह गरेका छौँ । ’

राराताल समुद्री सहत देखि २ हजार ९ सय २९ मिटर उचाइमा छ । तालको गहिराई १ सय ६७ मिटर छ । रारामा साना–ठूला गरी करिब ६० वटा खोलानाला मिसिएका छन  । प्रायप्त हिमपात र बर्षा नहुँदा अधिकांस खोला सुकेका छन ।   मुर्मा गाउँका जुद्ध रोकायाले राराको किनारा हेर्दा पहिलेभन्दा केही तह घटेको बताए । ‘यो बर्ष राम्ररी हिउँ पनि परेको छैन,। तालको पानी अझै घट्ने देखिन्छ । उनले भने, ‘तालको छाल  तल सरेपछि पानी पनि घटेको हुनुपर्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।’

 केही वर्षयता चुचुमारा जस्ता  अग्ला हिमालबाट बग्ने हिमनदीको पानी रारामा मिसिन छोडेको छ । चुचुमारा, मुर्माटप, माथिल्लो मिलिचौर, ठाकुरज्यूला, लात्ताहानेको ढुंगा लगायत लेकाली क्षेत्रमा बैशाखसम्म हिउँ जम्थ्यो । हिमनदीको पानी आउँदासम्म राराको सतह कहिल्यै घटेन । उनले भने,‘अहिले हिमालमा हिउँ छैन । जसका कारण हिमनदि सुकेका छन  । हिम नदि सुकेपछि रारामा पानीको सतह पनि घटेको छ । हिमालमा हिउँ देखिन छा्ड्यो । रारामा पानीको सतह घट्न थाल्यो । ’  उनले रारा वरिपरि देखिने वन्यजन्तु र चराचुरुंगी पनि देखिन छाडेका सुनाए ।

रारा मध्यवर्ती क्षेत्र विकास समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया रारातालको सतह घटेको बताउँछन । उनका अनुसार पञ्चायतकालमा ओखरबोट नजिकै पानीको सतह नाप्ने मिटर जडान गरिएको थियो । अहिले मिटर बिग्रीएको छ ।  तालको गहिराई नाप्न समस्या छ ।

रारातालबाट निस्कने निकास खोला सुकेपछि स्थानीयलाई खेतबारीमा सिँचाइ गर्न समस्या भएको छ । घट्ट पिस्न, नुहाउन र कपडा धुन समस्या भएको मुर्माका देविसिंह रोकाया बताउँछन ।   खोला सुकेपछि अधिकांश जलचर संकटमा परेका छन्, ।

राराबाट निस्कने खोला माँझघट्ट हँुदै खत्याड गाउँपालिकाको सुकाढिकबाट हुम्ला कर्णाली नदीमा मिसिने गरेको थियो । निकास खोला सुकेपछि गहुँ र जौ बाली सुक्न थालेको छ ।

फर्किए पाहुना चरा

रारातालमा गर्मी सुरु भएपछि विभिन्न देशबाट चिसो छल्न रारा आएका चराहरु फर्कन थालेका छन् । मंसिर पहिलो साता मानसरोवर, साइबेरिया, भारतको नैनिताल लगायत ठाउँबाट चिसो छल्न पाहुना चरा रारा आउँछन ।

रारामा यो वर्ष खोयाहाँस, क¥याङकुरुङ, बकुट लगायत प्रजातिका चरा चिसो छल्न आएको निकुञ्जले जनाएको छ । प्रमुख संरक्षण अधिकृत दाहालका अनुसार यो वर्ष झण्डै २० प्रजातिका चरा विभिन्न देशबाट आएका थिए ।

अधिकांस पाहुना चरा फर्किसकेका छन्,’ निकुञ्जका संरक्षण अधिकृत दाहालले भने, ‘चैत लागेसँगै रारा क्षेत्र रैथाने चराले भरिन थालेको छ । पाहुना चरा फर्किन थालेका छन । ’ यो वर्ष सबैभन्दा धेरै साइबेरियाबाट खोयाहास जातको चरा चिसो छल्न रारामा आएको संरक्षण अधिकृत दाहाल बताउँछन ।

Next Post

आर्थिक अभावले आइसियुमै छटपटाउँदै जुम्लाका कमल

३१ चैत्र २०७७, मंगलवार ०६:४७
जुम्ला हिमा गाउँपालिका–२ का कमल रोकाया फोक्सोमा देखिएको समस्याले ग्रसित छन । विरामी भएपछि सुर्खेतको माया मेडिकल, काठमाण्डौं वीर अस्पताल, चितवनमा रहेको अस्पताल, भारतको लखनउ सम्म उपचारका लागि पुगे। तर फोक्सोमा देखिएको समस्या निको हुन सकेन । हाल काठमाडौंस्थित टिचिङ अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ । कामका लागि भारत […]