कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चारजनालाई सांसदबाट हटाउन सिफारिस

  ।   ४ बैशाख २०७८, शनिबार ०८:२२

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको आकस्मिक बैठकले चारजना सांसदलाई कारबाही गर्न सिफारिस गरेको छ।

शुक्रबार बसेको कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री माओवादीबाट निर्वाचित महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार सांसदलाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउन प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

बैठकले पार्टीको ह्वीप उल्लंघन गरेको निष्कर्ष निकाल्दै चारजना नेतालाई पार्टीको साधारण सदस्य र सांसद पदबाट हटाउन प्रदेश हुँदै केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको ओली पक्षका कर्णालीका नेता गुलाबजंग शाहले बताए।

कारबाहीका लागि सिफारिस भएकाहरुमा प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मर बहादुर थापा र कुर्मराज शाही छन्। विश्वासको मतमा हस्ताक्षर गरी फिर्ता लिएकी देवी ओलीलाई २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोधिने भएको छ।

Next Post

सिँजाका युवाले बनाए गाडी,सडकमा गुडेपछि स्थानीय चकित

४ बैशाख २०७८, शनिबार ०८:२२
जुम्ला सिँजा गाउँपालिका २ चुलेलगाउँका दुई जना युवाले गाउँमै गाडी बनाएर गुडाएका छन । उनीहरुले सोलारबाट चल्ने गाडी बनाएका हुन । सिँजा गाउँपालिका २ का प्रशान्त वड र अज वडले रातो कलरको तीन जना अटाउने गाडी बनाएर देखाएका हुन । गाउँमै युवाले गाडी बनाएर गुडाईदिएपछि स्थानीय चकित भएका छन । […]