सुर्खेत भित्रिने प्रमुख नाका बबईमा लापरबाही

  ।   १२ बैशाख २०७८, आईतवार १५:४०

छिमेकी जिल्ला बाँकेमा दैनिक कोभिड–१९ (कोरोना भाइरस) दैनिक बढ्दो छ । कोरोना हब भएको बाँकेबाट सुर्खेत भित्रिनेको संख्या पनि उस्तै छ तर सुर्खेत भित्रिने प्रमुख नाका बबईमा भने लापरबाही गरिँदा कोरोना भाइरसको जोखिम बढेको छ । बबईमा हेल्थ डेस्क स्थापना गरिए पनि भारतबाट आउनेलाई मात्र ज्वरो परीक्षण गर्ने र नेपालगन्जलगायत अन्य क्षेत्रबाट भित्रिनेलाई परीक्षण नगर्दा जोखिम बढेको हो ।

भारतबाट आइतबार एक सय ८१ जना बबई नाकाबाट सुर्खेत प्रवेश गरे भने नेपालगन्जलगायत अन्य क्षेत्रका दुई हजार एक सयभन्दा बढी यात्रु भित्रिए । दैनिकजसो यही हारहारीमा यात्रु सुर्खेत भित्रिन्छन् तर भारतबाट आउनेलाई मात्र बबईमा ज्वरो परीक्षण गरिन्छन् । कोरोना भाइरस समुदायस्तरसम्म पुगेको नेपालगन्जबाट आउनेलाई ज्वरो परीक्षण नगर्दा सुर्खेतमा उस्तै जोखिम छ । एयरपोर्ट र जिल्ला भित्रिने नाकामा स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत श्रीनोद नारायण चौधरीले जानकारी दिए । ‘अहिले भारतबाट आउनेहरुको मात्र परीक्षण गर्छाैं,’ उनले भने, ‘अन्य क्षेत्रबाट आएकालाई शंकास्पद देखिए भने स्वास्थ्य परीक्षण गर्छाैं ।’ अहिले सुर्खेतमा पनि दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ ।

सरकारले स्वास्थ्य मापदण्ड र नाकाहरुमा कडाइ नगर्दा संक्रमणको जोखिम बढ्दै गएको स्थानीयहरुको भनाइ छ । ‘नेपालगन्जमा कोरोना समुदायस्तरमै पुगेको छ,’ सुर्खेतका हिरालाल केसीले भने, ‘त्यस्तो ठाउँबाट आएकालाई स्वास्थ्य परीक्षण नगरिनु लापरबाही हो ।’ सरकारले नाकामा स्वास्थ्य सुरक्षाका गतिविधि बढाउनु पर्ने उनले बताए । ‘जिल्लामा स्वास्थ्य मापदण्ड कडा पार्ने र नाकामा बेवास्ता गर्ने हो भने कोरोना भाइरस न्यूनीकरणमा समस्या हुन्छ भन्दै उनले भने, ‘जिल्लामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न लगाउने र नाकामा पनि परीक्षण गर्दा संक्रमण न्यूनीकरण हुन हुन्छ ।’ भारतबाट आउने पनि केही झुक्याएर आउने गरेका छन् । भारतबाट आएको भनि पहिचान गर्न समस्या हुनु, गाडीमा सिट क्षमताभन्दा बढी यात्रु हुनुले पनि थप जटिलता छाएको छ । सिट क्षमताभन्दा बढी यात्रु बोकेका गाडीलाई जरिवाना तिराएर छुटकारा दिँदा राजश्व बढे पनि कोरोना भाइरसको जोखिमलाई चुनौती दिएको छ ।

Next Post

मास्क लगाउन सचेत गराउँदै डिएसपी सडकमा,सुरक्षा मापदण्ड पालना गर्न आग्रह

१२ बैशाख २०७८, आईतवार १५:४०
सडकमा गोल्डेन बुढा, मुलुकमा कोरोना भाइरसको संक्रमण दर बढिरहेको बेला जुम्लाको प्रहरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन सडकमा निस्किएको छ । प्रहरीले सदरमुकाम खलंगाका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डका अनिवार्य पालना गर्न आग्रह गरेको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाको नेतृत्वमा निस्किएको टोलीले जुम्ला सदरमुकाम […]