एकैदिन ४ हजार बढीमा कोरोना संक्रमण पुष्टि, थप १८ को मृत्यु

  ।   १४ बैशाख २०७८, मंगलवार १८:१०

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा सोको संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले  पीसीआर विधिबाट परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण र एन्टिजेन विधिबाट परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयले पीसीआर विधिबाट १४ हजार ६७२ जना र एन्टिजेन विधिबाट १ हजार ९ जनाको कोरोना परीक्षण गरेको थियो ।

यसैगरी बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको समेत मन्त्रालयको भनाइ छ । यो सँगै मृतकको संख्या ३ हजार १९४ पुगेको छ।

अहिले देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । तिनीहरुमध्ये २ लाख ७८ हजार ५०६ संक्रमित निको भएका छन् ।कोरोना संक्रमण पुष्टि भएका मध्ये उपत्यकामामात्र १ हजार ९ सय ६६ पुगेका छन्। बढेका संक्रमितमध्ये काठमाडौंका १६०२, ललितपुरका २४० र भक्तपुरमा १२४ जना रहेका छन् ।  हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ छ।

Next Post

स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र बिदामा बसेका कर्मचारीलाई तुरुन्त हाजिर हुन निर्देशन

१४ बैशाख २०७८, मंगलवार १८:१०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त हाजिर हुन निर्देशन दिएको छ। देशभर कोरोना संक्रमणको भयावह स्थिति बनेको समयमा मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो। कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण कोभिड अस्पतालमा सेवा लिन आउने कोभिड १९ संक्रमित बिरामीको उचित एवम् […]