कर्णाली प्राविधिक शिक्षालयमा भर्चुअल कक्षा

  ।   १६ बैशाख २०७८, बिहीबार १३:२५

नेपालको जेठो कर्णाली प्राविधिक शिक्षालय जुम्लाले कोरोना संक्रमणको अवस्थालाई मध्येनजर गर्दै भर्चुअल कक्षा  सञ्चालन गर्न लागेको छ । कोभिड–१९ संकट व्यवस्थापन समिति जुम्लाको बैठकले जुम्लाका विद्यालय,कलेज,ट्युशन सेन्टर र शिक्षालय बन्द गर्ने निर्णय गरेपछि विकल्पका रुपमा भर्चुअल कक्षा  सञ्चालन गर्न लागेको हो ।

शिक्षा कार्यालयका प्रमुख टेकेन्द्र थापाले कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार विद्यार्थीलाई घर पठाइसकिएको बताए । उनले भने ,‘विद्यार्थी घर फर्किसकेका छन् । उनीहरुको घर गएपनि अधिकांस समय अध्ययनमा खर्च होस भन्ने हेतुले भर्चुअल कक्ष सञ्चालन गर्न थालिएको हो ।

गत वर्ष लकडाउनका कारण शिक्षालय नखुल्दा विद्यार्थीले नपढेरै परिक्षा दिन वाध्य भए । यो वर्ष भर्चुअल कक्ष, म्यासेन्जर, भाइवर, वाट्सअपबाट पनि कक्ष सञ्चालन गर्न थालिएको हो ।

प्रमुख थापाले भने,‘ज्यान छ त जीवन छ । जीवन छैन त केही नी छैन् । त्यही भएर जहाँ रहेपनि स्वस्थ र सुरिक्षत रहँु । शिक्षा आर्जनको पक्षलाई संगै संगसंगै अघि बढाऔँ । शिक्षालयले विद्यार्थीलाई गर्न सक्ने सम्मको सहयोग गर्छ । ’

अहिले घरविदामा गएका ४० प्रतिशत विद्यार्थी भएको ठाउँमा फोनको सुविधा छैन । १० प्रतिशत विद्यार्थीसंग मोबाइल नै छैन । उनले भने,‘शिक्षालयले अनलाईन भर्चुअल कक्ष चलाउँछ, डाँडातिर गएर भएपनि, जताबाट फोन लाग्छ,अनलाइन चल्छ त्यही गएर पढ्ने व्यवस्था मिलाउनु पर्नेछ । त्यसका लागि सम्बन्धित विद्यार्थीका अभिभावकलाई भनिसकिएको छ । ’

विद्यार्थी घर पठाउनु अघि शिक्षालयले सबै अभिभावक संग फोन गरेर विद्यार्थी घर फर्किएको जानकारी गराएको थियो । विद्यार्थी घर फर्किएको छ । लकडाउन कहिले सम्म हुन्छ निश्चित छैन । छोराछोरीलाई अनलाइन लाग्ने सुरक्षित स्थानमा राख्नुहोला भनेर फोन गरेका छौँ,प्रमुख थापाले भने,‘अभिभावकले पनि प्रतिबद्धता जाहेर गर्नु भएको छ ।यो बर्ष बन्दको विकल्प खोजेर भएपनि पठनपाठनको व्यवस्थापन हुनेछ । नपढेर परिक्षामा सहभागि हुने परिपार्टीको अन्त्य हुनेछ । ’

गत बर्ष ११ दिन भएको भनिएको लकडाउनले नौ महिना बन्द गरायो । यो पटक २१ दिन बन्द गरिएको भनिएको छ । कति दिन बन्द हुने हो थाहा छैन । तर बन्दको अधिकांस समय पठनपाठनमै विताउनु होला । शिक्षालयले विद्यार्थीको पठनपठानका लागि गर्न सक्ने सबै उपाय अपनाउन तयार छ ।

कर्णाली प्राविधिक शिक्षालयका अनुसार प्रत्येक दिन ५ वटा बिषयमा अध्ययन हुनेछ । अब कापी किताबमा लाग्ने खर्चले मोवाइलमा रिर्चाज गर्नुहोस । भर्चअल,जुम बैठक, म्यासेन्जरमा सहभागि बन्नुहोस । कोर्ष अनलाइनमै पढ्नुहोस ।

सहायक प्रिन्सिपल र सम्बन्धित विषयको संयोजक संग समन्वय गरेर अनलाइन कक्षको उपयोग गर्न विद्यार्थीलाई आग्रह गरिएको छ । विद्यार्थीको हरेक दिनको रेकर्ड राख्ने व्यवस्था गरिएको छ । शिक्षकले हाजिर लगाउनेछन । डाडामा जानुस,लेक चढ्नुस तर भर्चुअल कक्षमा सहभागि हुन नछाड्नुहोस । यो शिक्षालयको अनुरोध हो,प्रिन्सिपल थापाले थपे ।

भर्चुअल बैठकमा नियमित सहभागि विद्यार्थीको मुल्यांकन पनि हुने बताए । कोरोना संक्रमणको त्रासले शैक्षिक संस्था बन्द गर्ने प्रशासनको निर्णय संगै शिक्षालयको भौतिक उपस्थितीमा पढाई बन्द हुने अवस्था आयो । नियमित पठनपाठनलाई भर्चुअल माध्यमबाट गर्न विद्यार्थीका अभिभावकहरु संग समन्वय गरिने कार्य चलिरहेको शिक्षालयले जनाएको छ ।

 शिक्षक, सहायक शिक्षालय प्रमुख लगायत सबैलाई विद्यार्थीको र अभिभावकको नम्बर राखेर पठनपाठन नियमित गर्न आबश्यक सल्लाह गर्न समेत निर्देशन दिइसकेको प्रमुख थापा बताउँछन ।

कर्णालीका १० जिल्लाका सहित देशका विभिन्न जिल्लाका करिब ७ सय ३५ जना विद्यार्थी कर्णाली प्राविधिक शिक्षालयमा अध्ययनरत छन् । कोरोना संक्रमण नियन्त्रण नभए सम्मका लागि बैशाख १५ गतेबाट सबै विद्यार्थीलाई घर पठाइएको छ ।

मोबाईल छैन भनेर समस्या दर्शाउन पाइने छैन् । शिक्षालय प्रमुख थापाले भने,‘फेसबुक चलाउन, िटकटक चलाउन, महंगा लुगा कपडा लगाउन पैसा हुने अभिभावकले किनिदिने तर पढाईका लागि ८/१० हजारको मोबाईल नकिन्ने कुरै हुदैन । कडाईका साथ विद्यार्थीको पढाई अघि बढाइने छ । विद्यार्थी र अभिभावक तयारी अवस्थामा बस्न आग्रह गरिएको छ ।

अहिले कर्णाली प्राविधिक शिक्षालयमा कृषि बाली विज्ञान,फार्मेसी, वन विज्ञान, सिभिल ईन्जिनियररिङ, प्रि डिप्लोमा तह कृषि जेटिए र सबै ओभरसियर कार्यक्रमहरु संचालित अवस्थामा रहेका छन्।

Next Post

कोरोना नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारद्वारा एक अर्ब ३४ करोड विनियोजन

१६ बैशाख २०७८, बिहीबार १३:२५
बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले एक अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले दोस्रो चरणको कोभिड नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढिकरणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड, रुकुमको चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पताल र रणनीतिक अस्पतालहरुलाई १२ करोड रुपैयाँ निकासा दिइएको सामाजिक विकास मन्त्री […]