जुम्लामा नेपालको ठुलो स्याउँ बगैँचा, कृषि सचिवले रोपे विरुवा

  ।   २४ बैशाख २०७८, शुक्रबार २०:१९

जुम्लाको गुठिचौर गाउँपालिका ५ काडाखोला जलजलामा नेपालकै ठुलो फुजि स्याउँ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले उच्च घनत्व जातको आधुनिक स्याउ बगैँचा निर्माण गरेका हुन । झण्डै ८ करोड रुपैयाँको व्यक्तिगत लगानीमा बगैँचा निर्माण गरिएको हो ।
कर्णाली प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले फुजि स्याउ रोपेर बगैँचा प्रारभ्भ भएको घोषणा गरेका थिए । उनले भने,‘लकडाउनको समयमा बगैँचामै नआउनु पर्ने हो तर जसरी डक्टरले बिरामीलाई छोड्न सक्दैन् कृषि सचिवले किसान छोड्न सकेन । बगैँचामै पुगेर किसानलाई हौसला दिनु दायित्व ठाने । ’


मन्त्रालयका सचिव मिश्रले स्याउ रोपे संगै त्यो बगैँचामा एकैपटक ३० हजार फुजि स्याउ रोपिएको हो । सचिव मिश्रले भने,‘यो नेपालको ठुलो स्याउ बगैँचा मात्र होइन । कृषि तालिम केन्द्रका रुपमा स्थापित हुनुपर्छ । अनुसन्धान केन्द्र बनाउनको लागि लाग्नुपर्छ । यो बगैँचा नेपालको स्याउ उत्पादनको शिलशिलामा एक शान नै हो । ’
उक्त अवसरमा सचिव मित्रश्रले भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले स्याउको प्रशोधन,बजारीकरण,कृषि सडक लगायतका प्राविधिक सहयोग गर्न सक्ने बताए । समयक्रम संगै थातथलो बिर्षने,स्याउबाट पैसा कमाएर सुर्खेत नेपालगंजमा घर बनाउने कार्य विगत देखिनै भएको थियो,सचिव मिश्रले थपे,‘कृषिले कमाएको पैसा घरघडेरी लगानी गर्ने चलन छ । स्याउको बगैँचा सुधारमा कहिले लगाएको भेटिदैन । तर किसानले खेतिपाती भित्र्याउदा एक अंश माटोलाइ पनि दिनुपर्छ भन्ने पनि ख्याल गर्नुपर्छ । ’


जे जति आम्दानी गर्छाँै खेतिमा लगानी गरौँ । कमाएर अरु क्षेत्रमा लगानी गर्ने मान्छे थुप्रो छ । आफुले कमाएर खेतिमा ल्याउने मान्छे धेरै थोरै छ । जसमध्ये गुठिचौर गाउँपालिका ५ का मिनबहादुर भण्डारी एक हुन । सचिव मिश्रले भने,‘ यो फार्मले धेरैलाई रोजगारी दिएको छ । यो बगैचाले पुण्यको काम गर्नेछ । स्याउ खाएर बुढाबुढी बालबालिका निकै खुसि हुनेछन । यहाँको आर्थिक समृद्धिको बलियो आधार हुनेछ । ’
बगैँचामा बाटोघाटो जोडिएको छ । यो बगैँचा कर्णालीको लागि असाध्यै ठुलो अवसर हो । ’सचिव मिश्रले भने,‘उच्च मुल्यका बालीबस्तुमा लगानी गनुपर्छ । दुइ सय स्याउ र दुई ओखर हुर्काएको खण्डमा त्यो पेन्सन जस्तै हो । यही माटोमा रमाउने हो । यही माटोमा कमाउने हो ।’
उनले कर्णालीमा लगानी भित्र्याउनेलाई सम्मान गर्नु पर्ने बताए ।जसले कर्णालीको पैसा लैजान्छ त्यो कर्णालीबासीका लागि सम्मान गर्न लायक हुदैन् ।उनले भने,‘तर जसले कर्णालीमै लगानी गर्छ त्यो सम्मानित लगानी कर्ता हो । मिनबहादुर भण्डारी कर्णाली कृषि क्षेत्रको सम्मानित व्यक्ति हो । कर्णालीबासीले उहाँबाट सिक्नुपर्छ । उहाँको कार्यलाई पछ्याउदै जानुपर्छ । ’


गत चैत देखि बगैँचा स्थापनाको तयारी थालिएको थियो । लकडाउन अवधिभर बगैँचाको पुर्वाधार निर्माण देखि विरुवा रोप्ने तयारी सम्मका क्रियाकलाप भए । लकडाउनले उद्योग धन्दा,सिर्जशिल काम बन्द भए । त्यही लकडाउनको बीचमा ठुलो बगैँचा निर्माण भयो ।
गुठिचौर एग्रो फार्मका सहजकर्ता दानबहादुर बुढाले भने,‘यो बगैँचा स्थापनाको कामले पुर्णता पाएसंगै केही आशाका किरण पलाए । यहाँका स्थानीयले रोजगारी पाए । फुजि स्याउको विशाल बगैँचा जुम्लामा स्थापना भएको सन्देश फैलाउने अवसर मिल्यो । यो निकै राम्रो अवसर हो ।
बगैँचामा स्याउ रोप्नु अघि बगैँचाको आकार प्रकार तयार भयो । बगैँचा निर्माणको लागि ८७ जनाले जग्गा लिजमा दिए । एक लाख ५० हजार बर्गमिटर जग्गामा पुर्वाधार सहितको सुविधा सम्पन्न स्याउ बगैँचा निर्माण भयो । यो बगैँचा सिंगो नेपालको एक नमुना काम हो । जग्गा ३० बर्ष लिजमा लिएर स्याउ बगैँचा बनेको हो । बगैँचा स्थापनाको लागि झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको छ ।
एक दिनमा डेढ सय देखि ढाई सय सम्म कामदारले रोजगार पाएका छन । एक जना आयोजना प्रमुख,लेखापाल २ जना,ओभरसियर एक जना,स्टोर किपर २ जना,हेल्पर १२ जना,जेटिए ४ जना र चौकीदार ४ जना राखिएको छ । दुई जना सहजकर्ता, तीन जना चालक र तीन जना सहचालक राखिएकोछ । गाउँमै नेपालकै ठुलो बगैँचा स्थापना भएपछि स्थानीय खुसि छन् । उनीहरुले स्याउ बगैँचामा काम पाउनुका साथै स्याउ फलाउनको लागि प्रेरणा मिल्ने बताए । लगानीकर्ता मिनबहादुर भण्डारीले जडिबुटी ब्यापार गर्दा कमाएको रकमले आफ्नै भुमिमा स्याउ बगैँचा स्थापना गर्न पाउदा खुसि लागेको बताए । उनले भने,‘यो स्याउ बगैँचामा अर्गानिक मलको प्रयोग हुनेछ ।’ उनले २३ लाख रुपैयाँमा मल खरिद गरेर विरुवामा राखिएको छ ।


उनले स्याउ खेति गरेर कृषि कर्मको एक परिचय दिने लक्ष रहेको बताए । मिनबहादुरले भने,‘बगैँचाबाट हुने आम्दानी शिक्षा, स्वास्थ्य संगै सामाजिक कार्य र पारिवारिक समृद्धिमा लगाउँछु । ’ यो बगैँचालाई नमुना बगैँचा बनाइराख्न पनि सदैव तत्परहेको बताए । कृषि सचिव मिश्रले लगानीकर्ता मिनबहादुर भण्डारीलाई बगैँचामै सबै कामदारको बीचमा दोसल्ला ओढाएर सम्मान गरे । उनी सहित बगैँचा निर्माणका लागि जग्गा उपलब्ध गराउन सहयोग गर्ने गुठिचौर ५ फोइगाउँका इश्वरीप्रसाद चौलागाई र रुद्रलाल धिताललाई खादा लगाएर सम्मान गरे ।
सचिव मिश्रले भने,‘कठिन कालमा बगैँचा स्थापना गरेर स्थानीलाई रोजगारी दिलाउने काम निकै चुनौतिपुर्ण छ । स्याउ खेतिको संभावना राम्रो छ भन्ने सन्देश पनि यो बगैँचाले दिएको छ । मिनबहादुरले दुई बर्ष अघि आफ्नै जग्गामा २ हजार ६ सय फुजि स्याउका बिरुवा रोपेर परिक्षण गरिसकेका थिए । जसमध्ये २ हजार २ सय विरुवाले फल दिदै आएका छन ।
जुम्लामा बगैँचा निर्माण गर्नु अघि लगानीकर्ता भण्डारीले नेपालका ठुला भनिएका बगैँचामा पुगेर अवलोकन गरेका थिए । अवको लक्ष्य बगैँचा व्यवस्थापन गरेर नमुना बगैँचा निर्माण गरेर रोजगारी सिर्जना गर्ने रहेको उनले बताए । यो बगैँचा कृषि स्रोत केन्द्रका रुपमा स्थापित हुनृ कृषि विज्ञ बताउँछन ।
जुम्लाको झण्डै ३ हजार ४ सय ५० हेक्टरमा स्थानीय जातको स्याउ उत्पादन हुदै आएको छ । तर पछिल्लो समयमा फुजि जातको स्याउ व्यवसायिक रुपमा खेति भइरहेकोछ ।

Next Post

किसानको बगैँचामा कर्णालीका कृषि सचिव

२४ बैशाख २०७८, शुक्रबार २०:१९
कर्णाली प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र जुम्ली किसानको स्याउ बगैँचामै पुगेका छन । उनले स्याउ बगैँचामा पुगेर किसानको मनोबल उचो बनाउने कार्य गरेका हुन । बगैँचामा जाने किसानलाई बगैँचामै सम्मान गर्ने, व्यवसायिक किसान बन्न हौसला दिने र प्रमुख आम्दानीको स्रोत स्याउ खेतिलाई बनाउन सुझाव दिएका […]