बहुमतको सरकारका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी

  ।   २७ बैशाख २०७८, सोमबार १८:३९

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् ।

प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा पक्षमा जम्मा ९३ मत मात्र प्राप्त भएपछि उनी पदमुक्त भएका छन् । यसबारेमा संसद सचिवालयको आधिकारिक पत्र पाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी हुन् ।

‘संसद सचिवालयले आजको मत परिणामसहितको जानकारी पत्र राष्ट्रपति कार्यालयमा पठाउँछ, त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ’ राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले भने ।

Next Post

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

२७ बैशाख २०७८, सोमबार १८:३९
प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् । आइतबारको बैठकमा ओलीले विश्वासको मत पाएनन् भने उनी नेतृत्वको सरकार स्वत: काम चलाउमा सीमित भएको छ ।

सम्बन्धित