केपी शर्मा ओलीद्वारा प्रधानमन्त्री पदको सपथ

  ।   ३१ बैशाख २०७८, शुक्रबार १५:४३

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन्। शितल निवासमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले सपथ लिएका हुन्। बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई संविधानको धारा ७६ को ३ अनुसार अल्पमतको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। कार्यक्रममा पुरानै मन्त्रीमण्डलका सदस्यहरूले पनि सपथ लिएका छन्।

संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन दाबी नपरेपछि सबैभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्री नियुक्त भएका हुन्। यसअघि वैशाख २७ गते संसदमा विश्वास मत पाउन नसकेपछि ओली पदमुक्त भएका थिए।

तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले अबको तीस दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ।

Next Post

जुम्लामा निषेधाज्ञा १० दिन थप गर्न सिफारिस, औषधि पसलबाहेक सबै ठप्प

३१ बैशाख २०७८, शुक्रबार १५:४३
कोभिड १९ संकट व्यवस्थापन केन्द्र जुम्लाले जुम्लाका १० दिन निषेधाज्ञा थप्न जिल्ला सुरक्षा समितिलाई सिफारीस गरेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले १० दिन कडा निषेधाज्ञा गर्न सुरक्षा समितिलाई सिफारीस गर्ने निर्णय गरेको हो । निशेधाज्ञा अवधि भर सञ्चालन हुने सरकारी तथा निजि सवारी साधनले अनिर्वाय […]