जिल्ला भित्रिने सबैको आरडिटी परिक्षण अनिवार्य

  ।   २ जेष्ठ २०७८, आईतवार २१:४०

भारत तथा अन्य जिल्लाबाट भित्रिने व्यक्तिहरुको अनिवार्य आरडिटी परिक्षण गरिने भएको छ । आरडिटी परिक्षण गरेर मात्र जिल्ला प्रवेश गर्ने व्यवस्था मिलाउन कोभिड १९ संकट व्यवस्थापन केन्द्र लागि परेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । त्यसका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले कालिकोट र जुम्ला जिल्लाको सिमानामा एन्टिजन परीक्षण सहितको हेल्थ डेस्क सञ्चालनमा ल्याएको बताए ।
उनले भने,‘जिल्ला बाहिरबाट आउने हरेक व्यक्तिको उच्च निगरानी राख्दै संक्रमित हुन सक्ने आशंका देखिएको खण्डमा सिधैँ आइसोलेसनमा पठाउने व्यवस्था मिलाइनेछ । हेल्थ डेस्क सञ्चालनमा आएको पहिलो दिन तीन वटा गाडी र एक मोटरसाइकलमा सवार १५ जनाको एन्टीजन परिक्षण गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
कोभिड १९ रोकथाम र नियन्त्रणमा हामी निरन्तर लागि रहेका छौ, प्रमुख जिल्ला अधिकारी थापाले भने,‘यो महामारीसँग लड्न सबै स्थानीय तह,संघसंस्था तथा निकाय र नागरिक समेत थप संवेदनशील र जिम्मेवार वन्ने समय आएको छ ।बेलैमा सचेत बनौ । घरमा बसौ । सुरक्षित बनौ ।’
हेल्थ डेस्क सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी थापा, बाहिनीपति सहायकरथी यमबहादुर सापकोटा,गणपति दिवाकर रायमाझी, प्रहरी प्रमुख डिएसपी दानबहादुर थापा,जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटा सहित स्वास्थ्यकर्मीको टोली नाग्मबजार पुगेको थियो । हेल्थ डेस्कमा नियमित दुइ जना खटिनेछन । टोलीले सदरमुकाम खलंगा देखि तातोपानी र तिला गाउँपालिकामा निषेधाज्ञाको अवस्था अनुगमन गरेको थियो ।

Next Post

कर्णाली प्रतिष्ठानमा अक्सिजन प्लान्ट सञ्चालन र उत्पादन अवस्थाबारे अनुगमन

२ जेष्ठ २०७८, आईतवार २१:४०
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेको अक्सिजन प्लान्ट सञ्चालन र उत्पादनको अवस्थाबारे अनुगमन गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन समितिका पदाधिकारीबाट अक्सिजन प्लान्ट सञ्चालन र उत्पादनको अवस्थाबारे अनुगमन गरिएको हो । अनुगमनका क्रममा अक्सिजन प्लान्ट सञ्चालन र उत्पादनको अवस्थाको बारेमा जानकारी लिइएको थियो । प्रतिष्ठानका प्रशासकीय अधिकृत […]

सम्बन्धित