कर्णाली सरकारमा थपिए दुई मन्त्री

  ।   ३ जेष्ठ २०७८, सोमबार १६:५७

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा दुई मन्त्री थपिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा रुकुम पश्चिमका गोपाल शर्मा र आन्तरिक मामिला, कानुन युवा तथा खेलकुद मन्त्रीमा सुर्खेतकी सीता नेपाली नियुक्त भएका हुन् । दुबै मन्त्रीहरुलाई सोमबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

पार्टीको निर्देशन अनुसार आर्थिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले राजीनामा दिएका थिए । लगत्तै मुख्यमन्त्री शाहीले उर्जा तथा जलस्रोत मन्त्रीमा नेपाली, आर्थिक मामिला तथा कानुन मन्त्रीमा शर्मा र आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्टलाई नियुक्त गरेका थिए ।

आर्थिक वर्षको अन्त्यतिर मन्त्रालय फुटाएपछि सत्ता साझेदार दल नेपाली कांग्रेसले त्यसको विरोध गरेको थियो । कांग्रेसको विरोधपछि मुख्यमन्त्री शाहीले उर्जा तथा जलस्रोत र सामाजिक विकास मन्त्रालय आफैसँग रहेका दुई वटामा मात्रै मन्त्री नियुक्त गरेका हुन् । उर्जा र सामाजिक विकास मन्त्रालय मुख्यमन्त्रीले कांग्रेसका लागि छुट्याएका छन् । कांग्रेसले सरकारमा जाने मन्त्रीहरुको नाम दिएको छैन् ।

Next Post

कोरोनाबाट वडाध्यक्षको निधन

३ जेष्ठ २०७८, सोमबार १६:५७
कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं  ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको आज  निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए । यसैगरी कोनाबाट नै  बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । […]