बिरामी बोक्न उद्योग वाणिज्य संघको निशूल्क कोभिड एम्बुलेन्स

  ।   ३ जेष्ठ २०७८, सोमबार १७:५२

उद्योग बाणिज्य संघ जुम्लाले कोरोना संक्रमितको लागि निशुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ । बैशाख २६ गते बसेको बैठकले संक्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो । कोरोना माहामारीको बेला कोभिड बिरामीलाई निःशुल्क ओसारपसार गर्नेका लागि कोभिड एम्बुलेन्स सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष रज्जब अलिमनियारले जानकारी दिए । उनले भने,‘ नीजि गाडी मासिक भाडा तिर्ने गरि कोभिड एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याएका छौँ । पहिलो चरणमा एक महिनाको लागि सञ्चालनमा ल्याएका छौँ । संक्रमणको अवधि बढ्दै गएको खण्डमा अर्को व्यवस्था गर्न सकिनेछ ।’
मासिक ९५ हजार रुपैयाँ खर्च गर्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याएको हो । नीजि क्षेत्रबाट पहिलो पटक उद्योग बाणिज्य संघ जुम्लाले कोभिड एम्बुलेन्सको व्यवस्था गरेको हो । कोभिड एम्बुलेन्सको व्यवस्था गरेको बिषयमा संघले कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराइसकेको छ ।
अध्यक्ष मनियारले भने,‘कोभिड एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ । संघको हलमा आइसोलेसन बनाउने निर्णय पनि भएको छ । आइसोेलेसन कक्ष सञ्चालनको लागि कोभिड १९ संकट व्यवस्थापन समिति,जिल्ला प्रशासन कार्यालय र चन्दननाथ नगरपालिकालाई आग्रह गरिएको छ ।’ हलमा आइसोलेसन बनेको छैन ।
उनले भने,‘एम्बुलेन्स सेवा र आइसोलेसन कक्ष एउटै कार्यालयमा हुँदा गम्भीर प्रकृतिका बिरामी अस्पताल सम्म लैजान सहज हुनेछ । जो कोहीले आइसोलेसन बनाउन चाहे हल उपलब्ध गर्छौँ । ’
कोरोना महामारी सबैको संकट भएकोले सामुहिक भावनाका साथ लाग्नु पर्नेमा जोड दिए । यो कुनै एक व्यक्ति र समुहको समस्या होइन्, उनले भने,‘सबै नेपालीको समस्या हो । जुम्लाको सन्दर्भमा सबै जुम्लाबासीको हो । यो रोग संग लड्न सबैको हातेमालो र सक्रियता हुन आवश्यक छ । ’
एम्बुलेन्स सेवा लिनका लागि सम्पर्क व्यक्ति र नम्बर समेत तोकिएको छ । उद्योग वाणिज्य संघको ल्याण्डलाइन नम्बर ०८७५२००३८ मा फो गर्न सकिनेछ । यसैगरी ९८४८३०५५७९, ९८५८३२०२५२, ९८५८३२२३३१, ९८५८३२०१३३, ९८४८३००४६३ फोन नम्बरमा सम्र्पक गर्न आग्रह गरिएको छ । सम्पर्क व्यक्तिको रुपमा उद्योग बाणिज्य संघको कर्मचारी पारस उपाध्यायलाई तोकिएको छ ।
संस्थागत आइसोलेसन नभएका कारण अहिले कोभिडका विरामी होमआइसोलेसनका नाममा घरघरमा बसेका छन् । यसले गर्दा नगरपालिकाकामा कोरोनाका बिरामी दिनप्रतिदिन बढ्दैछन ।
उद्योग बाण्ज्यि संघले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत यहाँका होमआइसोलेसन सुरक्षित नभएको बताउँछन । यहाँको चन्दननाथ नगरपालिकाले आइसोलेसन बनाउनु पर्ने हो । उद्योग बाणिज्य संघले आइसोलेसन बनाउनुुस भन्दा पनि नगरपालिकाले सक्रियता नदेखाउनु राम्रो पक्ष नभएको उनी बताउँछन ।

Next Post

कर्णाली प्रतिष्ठान जुम्लाको प्रवक्तामा डा. भट्टराई नियुक्त

३ जेष्ठ २०७८, सोमबार १७:५२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रवक्तमा डा.रमेश भट्टराई नियुक्त भएका छन् । प्रतिष्ठानको  सूचना प्रवाहमा एकद्धार प्रणाली बनाउने उद्देश्य सहित डा भट्टराईलाई प्रवक्तामा नियुक्त गरिएको प्रतिष्ठानका उपकुलपति डा मंगल रावले जानकारी दिए । डा भट्टराई एजेस्थेसियोलोजिष्ट हुन् । डा भट्टराईले अब प्रतिष्ठानमा भए गरेका कामको बारेमा आधिकारीक रुपमा […]