भारतमा कोरोनाविरुद्ध नयाँ औषधि

  ।   ४ जेष्ठ २०७८, मंगलवार ०९:०८

भारतमा कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न नयाँ औषधि विकास गरिएको छ । भारतको औषधि नियामक निकायले ‘टू–डीजी’ नामक औषधि संक्रमितको उपचारमा प्रयोग गर्न सोमबार आपत्कालीन अनुमति दिएको हो ।

अधिवक्ता गणेशबहादुर ओलीले दायर गरेको रिटमा कर्णाली प्रदेश अस्पतालले अक्सिजनको अभाव देखाई बिरामी भर्ना लिन नसकिने उल्लेख गर्दा जनताको स्वास्थ्यको हक प्रभावित भएको उल्लेख छ । प्रदेश अस्पतालले शुक्रबार सूचना जारी गरी नेपालगन्जबाट अक्सिजन आपूर्ति ठप्प भएको भन्दै नयाँ बिरामी भर्ना लिन नसकिने उल्लेख गरेको थियो । अधिवक्ता ओलीले कोभिडका बिरामीको निःशुल्क रूपमा उपचार गर्ने व्यवस्थाका लागि पनि आदेश माग गरेका छन् ।

त्यस्तै, अधिवक्ता शेरबहादुर खत्री र अधिकारकर्मी टीका विष्टले कोरोना महामारी र निषेधाज्ञा समयमा मानवअधिकार संरक्षणको माग गर्दै परमादेशको आदेश जारी गर्न माग गरेका छन् । रिटमा महामारीको समयमा अस्पतालमा बेड, आईसीयू, भेन्टिलेटर, अक्सिजनजस्ता स्वास्थ्य पूर्वाधार जनशक्ति व्यवस्थापन गर्न माग गरिएको छ । रकमान्तरण गरेर भए पनि स्वास्थ्य सामग्रीको आपूर्ति यथाशीघ्र गर्ने, नगराउने प्रबन्ध मिलाउने आदेश माग गरिएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले सोमबार ‘टू–डीजी’ (टू–डीअक्सी–डी–ग्लुकोज) औषधि सार्वजनिक गरेका हुन् । औषधि डिफेन्स रिसर्च डिभलपमन्ट अर्गनाइजेसन (डीआरडीओ) ले डाक्टर रेड्डिजसँगको सहकार्यमा विकास गरेको हो । डाक्टर रेड्डिज प्रयोगशाला हैदराबादस्थित औषधि उत्पादक कम्पनी हो ।

धूलोका रूपमा प्याकेटमा आउने औषधि पानीमा घोलेर खान मिल्ने गरी उत्पादन गरिएको हो । शरीरका कोषसम्म पुगेर औषधिले भाइरसको वृद्धि रोक्ने तथा ताकत बढाउने बताइएको छ । कम्पनीका अनुसार औषधि आवश्यकताअनुसार जुनसुकै परिमाणमा उत्पादन गर्न सकिन्छ । भारत सरकारले उक्त औषधि ‘कोरोना संक्रमित बिरामीका लागि अत्यन्तै लाभदायक’ रहेको उल्लेख गरेको छ ।

‘क्लिनिकल परीक्षणका नतिजाअनुसार यो मलिक्युलले अस्पताल भर्ना भएका बिरामी छिटो निको हुन सहयोग गर्छ र अक्सिजनप्रतिको निर्भरता कम गर्छ,’ सरकारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा यो औषधि मध्यमदेखि गम्भीर स्थितिमा रहेका बिरामीलाई एड्जंक्ट थेरापी (सहायक उपचारविधि) का रूपमा प्रयोग गरिने उल्लेख छ ।

डीआरडीओका अध्यक्ष डा. जी सतीश रेड्डीले भारतका ३० वटा अस्पताल र ठूलो संख्याका बिरामीमा परीक्षण गरेपछि औषधि सार्वजनिक गरिएको बताएका छन् । सन् २०२० अप्रिलमा गरिएको परीक्षणमा उक्त औषधि कोभिडविरुद्ध प्रभावकारी हुने पुष्टि भएपछि मेदेखि अक्टोबरसम्म दोस्रो चरणको क्लिनिकल परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै सन् २०२० डिसेम्बरदेखि २०२१ को मार्चसम्म २ सय २० जना संक्रमितमा तेस्रो चरणको क्लिनिकल परीक्षण गरिएको जनाइएको छ । स्वास्थ्यविद्ले भने कोरोनाको उपचारका लागि औषधिलाई आपत्कालीन स्वीकृति दिन आवश्यक तथ्यांक उपलब्ध नभएको भन्दै आलोचना गरेका छन् । ऐजेन्सी

Next Post

कोरोना महामारी नियन्त्रणको कार्ययोजना ल्याऊ : सर्वोच्च

४ जेष्ठ २०७८, मंगलवार ०९:०८
काठमाडौँ — सर्वोच्च अदालतले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारका लागि विस्तृत कार्ययोजना बनाउन सरकारका नाममा आदेश जारी गरेको छ । अधिवक्ता मनिष कुमार श्रेष्ठ लगायतले दर्ता गरेको निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले कार्ययोजनामा केही विषयवस्तु अनिवार्य रुपमा समेट्न आदेश दिएको हो । सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘आदेश प्राप्त भएको मितिले […]