स्वास्थ्य अधिकार माग्दै रिट

  ।   ४ जेष्ठ २०७८, मंगलवार ०९:२१

सुर्खेत — अक्सिजनलगायत स्वास्थ्य सेवा सुलभ रूपमा उपलब्ध गराउन र मानवअधिकारको संरक्षण गर्न माग गर्दै सुर्खेत उच्च अदालतमा दुईवटा रिट परेका छन् । निवेदकले नेपाल सरकार, कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश अस्पताललाई विपक्षी बनाएका छन् ।

अधिवक्ता गणेशबहादुर ओलीले दायर गरेको रिटमा कर्णाली प्रदेश अस्पतालले अक्सिजनको अभाव देखाई बिरामी भर्ना लिन नसकिने उल्लेख गर्दा जनताको स्वास्थ्यको हक प्रभावित भएको उल्लेख छ । प्रदेश अस्पतालले शुक्रबार सूचना जारी गरी नेपालगन्जबाट अक्सिजन आपूर्ति ठप्प भएको भन्दै नयाँ बिरामी भर्ना लिन नसकिने उल्लेख गरेको थियो । अधिवक्ता ओलीले कोभिडका बिरामीको निःशुल्क रूपमा उपचार गर्ने व्यवस्थाका लागि पनि आदेश माग गरेका छन् ।

त्यस्तै, अधिवक्ता शेरबहादुर खत्री र अधिकारकर्मी टीका विष्टले कोरोना महामारी र निषेधाज्ञा समयमा मानवअधिकार संरक्षणको माग गर्दै परमादेशको आदेश जारी गर्न माग गरेका छन् । रिटमा महामारीको समयमा अस्पतालमा बेड, आईसीयू, भेन्टिलेटर, अक्सिजनजस्ता स्वास्थ्य पूर्वाधार जनशक्ति व्यवस्थापन गर्न माग गरिएको छ । रकमान्तरण गरेर भए पनि स्वास्थ्य सामग्रीको आपूर्ति यथाशीघ्र गर्ने, नगराउने प्रबन्ध मिलाउने आदेश माग गरिएको छ ।

Next Post

कर्णाली प्रदेश अस्पतालले नै शव व्यवस्थापनको सामग्री किन्ने

४ जेष्ठ २०७८, मंगलवार ०९:२१
कर्णाली- कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड-१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चाहिने सामग्री आफैँले किन्ने भएको छ। यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई नै ती सामग्री किन्न लगाउँथ्यो। शोकको घडीमा शव व्यवस्थापनको सामग्री किन्न झन्झट बेहोर्नुपर्ने गुनासो मृतकका आफन्तहरुबाट आएपछि अब उप्रान्त प्रदेश अस्पताल आफैँले मट्टितेल, कैँची, […]