शवघाट व्यवस्थापन स्थल छनौटमा अन्यौलता

  ।   ४ जेष्ठ २०७८, मंगलवार १७:३३

कालिकोट तिलागुफा ४ का ६४ वर्षीय सिंहबहादुर शाहीको कोरोना संक्रमणका कारण जेठ २ गते मृत्यु भयो। कोरोना संक्रमण देखिएपछि वैशाख २२ गते उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरिएको थियो।

उपचार गर्दा गर्दै शाहीको मृत्यु भएपछि मृतकको शवलाई नेपाली सेनाको शव व्यवस्थापन टोलीले आफन्तको माग अनुसार गाउँमै लिएर शव व्यवस्थापन गरेको हो। यो पहिलो मृत्युको केस भएकोले गाउँमै लिएर दाहसंस्कार गर्न सकिएको हो, नन्दबक्स गणका गणपति दिवाकर रायमाझीले भने,‘मृतकको संख्या बढ्दै गएको सबैको घरघरमा लिएर दाहसंस्कार गर्न सकिने अवस्था रहँदैन। सबैको पायक पर्ने स्थानमा शवघाट तोक्न जरुरी छ।’

गणपति रायमाझीले पटक पटक कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा शवघाटका विषयमा छलफल हुने गरेको भएपनि छनौट हुन नसक्नु दुःखद भएको बताए। कर्णाली प्रतिष्ठानमा पहिलोपटक कालिकोटका संक्रमितको मृत्यु भएपछि शव व्यवस्थापन गर्न तिलागुफा १ नाग्म पुग्नुपर्ने बाध्यता भयो। अस्पतालले नेपाली सेनाको शव व्यवस्थापन टोलीलाई जेठ ३ गते विहान नौ बजे शव हस्तान्तरण गरेको थियो। पहिलो केस भएकोले परिवारको आपसी सल्लाहमा तिलागुफा १ मा लिएर शव व्यवस्थापन गरियो। शव घाट पनि निकै गाह्रो भएकोले दाहसंस्कार गर्न पनि गठिन थियो।

नन्दबक्स गण जुम्लाको शव व्यवस्थापन टोली संगै शवघाटको सुपरिवेक्षणका लागि गणपति दिवाकर रायमाझी पनि शवघाट स्थलमा पुगेका थिए। उनले भने,‘जुम्लामा पहिलो संक्रमित भएकोले आफन्तको आग्रहमा उनीहरुले तयार गरेको घाटमा पुर्याएर दाहसंस्कार गरियो। अब  त्यो सम्भव हुँदैन। जुम्लामा एक शव व्यवस्थापन स्थलको छनौट हुन आवश्यक छ।’

पटक पटक कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा शव व्यवस्थापन स्थान छनौटका बारेमा छलफल हुदा पनि टुंगो लगाउन सकिएको छैन। गणपति रायमाझीले भने,‘गाडी सहजै पुग्न सक्ने, शव व्यवस्थापन सहजै रुपमा गर्न सक्ने स्थानको छनौट हुन जरुरी छ। ’   शव व्यवस्थापनमा समस्या छ। जुम्ला जिल्लामा संक्रमितको मृत्यु भएको खण्डमा व्यवस्थापन गर्ने शवघाट छैन। सामूहिक शवघाट बनाउने की पालिकाको छुट्टा छुटटै शवघाट बनाउने हो टुंगो लगाउनु पर्ने उनले बताए।

अहिले सम्म स्थानीयतहले शवघाटका विषयमा तदारुकता देखाएका छैनन्। गाडीको पहुँच भएको र शव व्यवस्थापन गर्न सहज हुने ठाउँमा शवघाट बनाउनु अहिलेको आवश्यकता हो। पहिलो केस भएकोले भनेको ठाउँमा पुगेर शव व्यवस्थापन गरियो। अब मृतक संख्या बढ्यो भने हरेक गाउँ ठाउँमै पुगेरै जान सकिने अवस्था छैन। आगामी बस्ने डिसीसीएमसीको बैठकमा शव व्यवस्थापन स्थान छनौट प्राथमिकतामा राख्नु पर्ने उनले बताए। अहिलेको व्यवस्थापनले दाहसंस्कार गर्न सकिँदैन।

कोरोनाको पहिलो लहरमा जुम्लामा केही समस्या भएन। तर दोस्रो लहरमा एक जनाको मृत्यु भइसकेको छ। जिल्ला बाहिरबाट आउने बिरामीको मृत्यु भएमा वा जिल्ला भित्रकै विरामीको मृत्यु भएमा सहजै रुपमा व्यवस्थापन गर्ने गरि शवघाटको छनौट गर्नु पर्ने उनी बताउँछन्। शवघाट छनौट हुने वित्तिकै कोरोना संक्रमितको मृत्यु भएमा शव व्यवस्थापन गर्न सहज हुनेछ।

जुम्ला गुठिचौर गाउँपालिकाका अध्यक्ष हरीबहादुर भण्डारी शवघाटको छनौट हुन नसकेको बताउँछन्। उनले भने,‘अहिले यहाँका स्थानीयको संक्रमणका कारण मृत्यु पनि भइसकेको छैन। अब तत्काल शवघाट तोक्छौँ। गाडीको पहुँच पुग्ने र शव व्यवस्थापन गर्न सहज हुने ठाउँमा शवघाट बन्ने गरि स्थान छनौट गर्ने तयारी गरिरहेका छौँ।’ शवघाट छनौट लगायतका विषयमा छलफल गर्न बुधबार कार्यपालिका बैठक डाँकिएको उनले बताए। ’

जुम्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकामा शवघाट छनौट हुन सकेको छैन। पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा शवघाट तत्काल छनौट गर्नु पर्ने देखिन्छ। केन्द्र सरकारले पायक पर्ने ठाउँमा शवघाटको व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ। तर शवघाट तोक्ने निर्णय जुम्लामा हुन सकेको छैन। नेपाली सेनाका सहायकरथी बाहिनीपति यमबहादुर सापकोटा शव व्यवस्थापन गर्ने जिम्मेवारी सेनाले पाएकोले तत्काल शवघाट छनौट गरेर वातावरण सहज बनाउनु पर्ने बताउँछन्।

तत्काल कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक राख्न आग्रह गरेको छु। त्यो बैठकमा शवघाट छनौट मुख्य प्रस्ताव हुनेछ। बाहिनीपति सापकोटाले भने,‘जबसम्म शवघाट छनौट हुन सक्दैन। तबसम्म शव व्यवस्थापनमा सहजता आउन सक्ने अवस्था हुँदैन। स्थानीय प्रशासन, स्थानीय तहको प्राथमिकता शवघाट छनौटमा हुनुपर्छ। ’

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमितको मृत्यु भएमा शव व्यवस्थापन कहाँ गर्ने र गाउँघरमा संक्रमितको मृत्यु भएको खण्डमा कहाँ व्यवस्थापन गर्ने भन्ने बारेमा स्पष्ट निर्णय हुनु पर्ने बताए। कालिकोटको संक्रमितको मृत्यु हुदाँ शव व्यवस्थापन गर्न कठिन बन्यो। उनले थपे,‘अब संक्रमितको मृत्यु भएमा शव व्यवस्थापन गर्न सहज हुने गरि स्थान तोक्नुपर्छ।’

Next Post

होमआइसोलेसनले संक्रमण फैलिएकोले संस्थागत आइसोलेसन बनाउन सुझाव

४ जेष्ठ २०७८, मंगलवार १७:३३
जुम्लाका कोरोना संक्रमित होमआइसोलसनमा बस्न थालेपछि गाउँमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै तत्काल संस्थागत आइसोलेसन बनाउनु पर्नेमा जोड दिइएको छ । अहिले यहाँका अधिकांस संक्रमित होमआइसोलेसनमा नाममा घरमै बसेका छन । कोरोना रोकथाम र नियन्त्रण गर्न प्रभावकारी समन्वय र सहयोगको बिषयमा छलफल गर्न आयोजित बैठकमा होमआइसोलेसनका कारण जुम्ला कोरोनाको उच्च […]