अत्यधिक रक्तश्रावले कालिकोटमा सुत्केरीको मृत्यु

  ।   ४ जेष्ठ २०७८, मंगलवार २१:१८

कालीकोट — सुत्केरी हुने क्रममा अत्यधिक रक्तश्राव हुँदा मंगलबार एक महिलाको ज्यान गएको छ । घरमै सुत्केरी व्यथा लागेर सोमबार राति साढे १० बजे स्वास्थ्यचौकी स्युना लगिएकी रास्कोट नगरपालिका–६ बड्डालाकी १९ वर्षीया निशा फर्साल महताराको ज्यान गएको हो ।

अहेब धनबहादुर फडेराका अनुसार सुत्केरी व्यथा लाग्नुअघि सोमबार बिहान १० बजे रक्तश्राव भएपछि स्वास्थ्यचौकी पुगेकी निशालाई रास्कोट अस्पताल पठाइएको थियो । तर समयमै उपचार पाउन नसक्दा उनको मृत्यु भएको ।

१५ वर्षको उमेरमा बिहे गरेकी निशाले १६ वर्षको उमेरमा पहिलो बच्चा जन्माएकी थिइन् । पहिलोपटक जिल्ला अस्पताल मान्ममा भ्याकुम लगाएर सुत्केरी गराउनु परेको थियो ।

रास्कोट नगरपालिका–६ का वडाध्यक्ष टक्क फर्सालले समयमै उद्धार गर्न नसक्दा ज्यान गएको बताए । उनका अनुसार राति गाडीमा जिल्ला अस्पताल लग्नको लागि कर्णाली नदीको जितेमा फेरी नहुँदा समस्या भएको थियो । ‘राति भएकोले हेलिकोप्टरमा लग्न पनि सम्भव भएन,’ उनले भने, ‘यसले गर्दा पनि सुत्केरीको ज्यान जोगाउन सकिएन ।’

Next Post

कर्णाली प्रदेश अस्पताललाई संघीय सरकार मातहत लैजाने तयारी

४ जेष्ठ २०७८, मंगलवार २१:१८
सुर्खेत — कर्णाली प्रदेश सरकार मातहत रहेको सुर्खेतस्थित प्रदेश अस्पताललाई संघीय सरकार मातहत लैजाने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको सोमबार बसेको बैठकले मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने निर्णय गरेको छ । प्रदेश सरकारबाट पर्याप्त बजेट र रेखदेख पाउँदै आएको प्रदेशको सबैभन्दा ठूलो अस्पताल केन्द्र सरकार मातहत […]