खेलकुद जुम्लाको अध्यक्षमा धनकृष्ण,सदस्य सचिवमा संगिता

  ।   ५ जेष्ठ २०७८, बुधबार १९:०५

गोल्डेन बुढा,

जिल्ला खेलकुद विकास समिति जुम्लाले अध्यक्ष र सदस्य सचिव पाएको छ । कर्णाली प्रदेश सरकारले अध्यक्षमा धनकृष्ण पाण्डे र सदस्य सचिवमा संगिता आचार्यलाई नियुक्त गरेको हो । अध्यक्ष पाण्डेले सुर्खेतमै गएर सपथ लिए । सदस्य सचिव आचार्यले बुधवार अध्यक्ष पाण्डेबाट सपथ लिइन । यो संगै जिल्ला खेलकुद विकास समितिले पदाधिकारी पाएको हो ।
आचार्य कर्णालीमै एक मात्र महिला सदस्य सचिव हुन् । खेलकुद क्षेत्रको विकासको लागि आफ्नो क्षेत्रबाट सक्ने सबै काम गर्ने उनले बताइन । उनले भनिन्,‘खेलकुदको क्षेत्रमा काम गर्ने अवसर पाएकी छु । यतिबेला अवसर र चुनौति पनि धेरै छन । खेलकुद क्षेत्रको विकासका लागि सबै सरोकारवाला संग समन्वय र सहयकार्य बढाउदैँ जुम्लालाई खेलकुदमय बनाउने प्रयत्न हुनेछ । ’
खेलकुदका अध्यक्ष पाण्डे जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ४ का स्थायी वासिन्दा हुन भने आचार्यको घर गुठिचौर ५ रहेको छ । खेलकुद क्षेत्रमा पुराना र नयाँ अनुभव भएका सवै व्यक्तिहरु सँग समन्वय गरेर जिल्लाको खेल विकासलाई अगाडि बढाउने उनले बताइन ।
सदस्य सचिव आचार्यले कर्णाली सरकारले दिएको जिम्मेवारी पुरा गर्न कुनै कन्जुस्याइँ नहुने बताइन । जुम्लाको खेल क्षेत्रको उत्थानका लागि सवैको सहकार्यमा अगाडि बढ्नेमा जोड दिइन ।
कोरोना प्रभावका कारण यो बर्ष राष्ट्रपति रनिङशिल्ड देखी खेलकुदका धेरै क्रियाकलाप गर्न नसकिएको खेलकुद विकास समितिले जनाएको छ । खेलकुदले अव स्थानीय सरकार सँग पनि समन्वय गरेर खेल क्षेत्रको विकासका लागि अघि बढ्न आवश्यक रहेको उनले बताइन ।
२०६४ सालबाट राजनितिमा सक्रिय रहेकी सदस्य सचिव आचार्य विद्याथी हकअधिकार र महिला अधिकारका बिषयमा वकालत गर्दै आइराखेकी छिन । हाल अनेम संघ (क्रान्तिकारी) गुठिचौर गाउँपालिका सदस्य हुन । खेलकुद क्षेत्रमा महिलाको प्रतिनिधित्व समान हुनु पर्ने बिषयमा आफुले आवाज उठाउने उनले बताइन । उनले भनिन्,‘कर्णाली खेलकुद क्षेत्रको राम्रो संभावना बोकेको क्षेत्र हो । खेलकुद पर्यटनका हिसावले पनि निकै संभावना देखिन्छ । सबै मिलेर खेलकुद क्षेत्रको प्रवद्र्धनमा लाग्नेछौँ । ’
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदको नारालाई साकार पार्दै जुम्लामा राष्ट्यि तथा अन्तराष्ट्यि खेलाडी उत्पादन गर्न सक्ने गरि खेलकुद क्षेत्रको विकास हुनु पर्नेमा जोड दिइन् । जुम्ली अनुभव प्राप्त सबै खेलाडी संग परामर्श लिएर अघि बढ्ने प्रतिवद्धता अध्यक्ष र सदस्य सचिवको छ ।

Next Post

राष्ट्रिय सभा उपनिर्वाचन सुरु हुँदै

५ जेष्ठ २०७८, बुधबार १९:०५
बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान आज बिहान ९ बजेदेखि सुरु हुँदैछ। मतदान दिउँसो ३ बजेसम्म जारी रहने बताइएको छ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ। उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८  मतदाता […]

सम्बन्धित