कर्णाली प्रतिष्ठानका विशेषज्ञ सेवा थप

  ।   ७ जेष्ठ २०७८, शुक्रबार १३:२६

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ सेवा थप गरेको छ । प्रतिष्ठानले छातिरोग विशेषज्ञ सेवा,स्नायुरोग विशेषज्ञ सेवा,नाक,कान,घाँटी सेवा र छालारोग विशेषज्ञ सेवा थप गरेको हो । कर्णाली प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराइले प्रेस नोट जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप चारवटा विशेषज्ञ सेवा सञ्चालन गरेको जानकारी गराएका हुन ।
उनले कर्णालीबासीले नाक,कान,घाँटी,स्नायु,छाति र छाला रोगको उपचार पनि जुम्लामै हुने बताए । यी रोगको सेवा नहुँदा महंगोमा उपचार गराउनु पर्ने बाध्यता थियो,‘प्रवक्ता भट्टराइले भने,‘अब कर्णालीमै यो रोगको उपचार हुन्छ । ढुक्क भएर उपचार गर्ने बातावरण सिर्जना हुदैँछ । ’
प्रवक्ता भट्टराइले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस,बीएनएस,ब्याचुलर इन क्लिनिकल न्युट्रेशन बिषयहरुको निरिक्षण भएर सञ्चालनको तयारीमा रहेको बताए । उनले शिक्षक,आवास,कक्षकोठा,अस्पताल देखि चेरे चौर सम्मको बाटो व्यवस्थापन,आधारभुत साइन्स भवन निर्माणका लागि सम्झौता भई काम शुरु भइसकेको जानकारी समेत दिए । अहिले स्नातकोत्तर तहको कार्यक्रमको कोटामा पाँच जना भर्ना भएर अध्ययन गरिरहेका छन ।
प्रवक्ता भट्टराइले प्रतिष्ठानको भर्खरै सम्पन्न सभा बैठकले प्रतिष्ठानको बजेट अनुमोदनका साथै रिक्त रहेका सभासदस्य,प्राज्ञिक परिषदको सदस्यहरुको नियुक्ती गरेको समेत जानकारी दिए ।

Next Post

जुम्लामा ११६ जनाले जिते कोरोना

७ जेष्ठ २०७८, शुक्रबार १३:२६
जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक अनुसार ११६ जना संक्रमिले कोरोना जितेर घर फर्किएका छन । बैशाख ८ गतेदेखि हाल सम्म ३२१ जना संक्रमित भएकोमा ११६ जना संक्रमितले कोरोना जितेका हुन । कोरोना संक्रमित थपिदँै गएपछि निको भएर घर फर्किनेको संख्या पनि राम्रै देखिएको छ । शुक्रवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा […]