पुर्वमन्त्री भण्डारीद्धारा हेल्थ डेस्क अनुगमन

  ।   ८ जेष्ठ २०७८, शनिबार १३:०२

गोल्डेन बुढा,

कर्णाली प्रदेशका सांसद तथा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जुम्ला र कालिकोट सिमानामा रहेको हेल्थ डेस्कको अनुगमन गरेक छन । सुर्खेत देखि गृहजिल्ला जुम्ला फर्कदैँ गरेका पुर्वमन्त्री भण्डारीले हेल्थ डेस्कको अनुगमन गरेका हुन ।
अनुगमनका क्रममा पुर्वमन्त्री भण्डारीले सिमानामा देखिएको भिडभाड र चेकजाँचको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
उनले भने,‘जिल्लाबाहिरबाट आउने क्रम बढ्दो छ । होसियारीपुर्वक जिम्मेवारी निर्वाह गर्नुहोला । बर्षा र पहिरोको जोखिम संगसंगै भएकोले सुरक्षित भएर काम गर्नुहोला । ’
प्रवेशद्वारमा हेल्थ डेक्स स्थापना हुनु राम्रो कार्य हो,मन्त्री भण्डारीले भने,‘अब चेकजाँचमा कडाई गर्न जरुरी छ । मुगु,जुम्ला र कालिकोटको बीचमा राखिएको यो हेल्थ डेस्कले राम्रो काम गर्नेछ । ’
यो डेस्कले स्वदेश तथा विदेशबाट फर्किएका जुम्लाबासीको एकिन तथ्यांक संकलन गरेर निगरानी गर्न सहज हुनेछ ।
सिमानमा प्रवेश गर्ने वित्तिकै कडा रुपमा निगरानी गर्नुपर्ने उनले बताए । कोरोना संक्रमणदर बढेको भन्दै जुम्ला कालिकोटको सिमाना नाग्म बजारमा हेल्थ डेस्क स्थापना गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्लाबाहिरबाट जुम्ला प्रवेश गर्नेहरुको चेकजाँचका लागि हेल्थ डेस्क स्थापना हो ।
मन्त्री भण्डारीले सबै मिलेर कोरोना भाइरस संग लड्नु पर्ने बताए ।

Next Post

कोरोना जितेर फर्किनेलाई स्वास्थ्यकर्मीको फुलमाला

८ जेष्ठ २०७८, शनिबार १३:०२
जुम्लाको कनकासुन्दरी गाउँपालिकाले कोरोना संक्रमित भएर संस्थागत आइसोलेसनमा बसि निको भएका संक्रमितलाई फुलमाला लगाएर घर फर्काएको छ । हाडसिँजा स्वास्थ्य चौकीको आइसोलेसनमा रहेका १९ जना संक्रमित निको भएपछि फुलमाला र अविर लगाइदिएर घर फर्काएको हो । आइसोलेसनमा जाँदा निकै निराश र भारी मन लिएर गएका संक्रमित निको भएर फर्किदा निकै […]