नेता नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

  ।   ८ जेष्ठ २०७८, शनिबार १९:००

काठमाडौँ — नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको  हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २६ सांसद मध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए । नेपाल पक्षका २६ सांसद्ले शुक्रबार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको पत्रमा हस्ताक्षर गरेका थिए ।

Next Post

एकै दिन ८,८४८ जना संक्रमणमुक्त, १२९ जनाको मृत्यु

८ जेष्ठ २०७८, शनिबार १९:००
काठमाडौं । पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण […]

सम्बन्धित