हिमा गाउँपालिका अध्यक्षलाई कोभिड–१९ संक्रमण

  ।   ९ जेष्ठ २०७८, आईतवार २१:११

जुम्ला–जुम्लाको हिमा गाउँपालिका अध्यक्ष राजबहादुर शाहीलाई कोभिड–१९ संक्रमण देखिएको छ । शनिबार जनस्वास्थ्य कार्यालय जुम्ला र गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा एन्टीजेट परीक्षण गर्दा कोभिड–१९ संक्रमण देखिएको हो ।

अध्यक्ष शाहीसहित वडाध्यक्ष मुनबहादुर बुढालगायत १० जनामा कोभिड–१९ संक्रमण देखिएको स्वास्थ्य शाखा संयोजक रतन रावतले बताए । उनकाअनुसार ६३ जनामा एन्टीजेट परीक्षण गर्दा १० जनामा कोभिड–१९ संक्रमण देखिएको हो । यसअघि यस गाउँपालिका ३ जनालाई संक्रमण देखिएको थियो । गाउँपालिकामा अहिले १३ जना सक्रिय संक्रमित छन् ।

१३ जनामध्ये २ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा उपचाररत छन् भने ११ जना होम आइसोलेसनमा रहेको उनले बताए । गाउँपालिकाले पाँच बेडको अस्थायी कोभिड अस्पताल र २० बेडको आइसोलेसन पनि बनाएको छ ।

Next Post

आइसोलेसन सेन्टर र कोभिड अस्पतालको अनुगमन

९ जेष्ठ २०७८, आईतवार २१:११
जुम्लाको गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिकामा बनेका आइसोलेसन सेन्टर र कोभिड अस्पतालको अनुगमन गरिएको छ । कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको नेतृत्वको टोलीले यी दुई स्थानीयतहमा बनेको आइसोलेसन र कोभिड अस्पतालको अनुगमन गरेको हो । अनुगमनमा आइसोलेसनको प्रयोगको अवस्था, व्यवस्थापन र कोभिड अस्पताल सञ्चालनको अवस्थाको बारेमा […]