प्रदेश खेलकुद परिषद सदस्य शाही सम्मानित

  ।   २६ पुष २०७७, आईतवार २१:१७

कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सरोज शाही सम्मानित भएका छन् । उनलाई कर्णाली स्पोट्स क्लव जुम्लाका धावक धाविकाले सम्मान गरेका हुन् ।
धावक हरिवहादुर रोकाया क्लबका सदस्य महेन्द्र कार्की, धनराज सुनार र लगायतका खेलाडीहरुले अविर र खादा लगाइदिएर सम्मान गरेका हुन । यही पुष महिनाको ६ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद परिषदमा कर्णाली स्पोट्स क्लबका अध्यक्ष सरोज शाहीलाइ मनोनित गरेको थियो ।
धावक हरिवहादुर रोकायाले जुम्लाको खेल क्षेत्रले केही फट्को मारेको महसुस भएको अनुभव सुनाए । विगतका वर्षहरुमा खेल क्षेत्रको दिगोविकास गर्न भोग्नु परेका चुनौती र समस्याहरुको केही सम्मान हुनेमा विश्वास व्यक्त गरे । समृद्ध नेपाल बनाउन खेलकूद अपरिहार्य रहेको बताउदै धावक रोकायाले खेल राष्ट्यि तथा अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बन्दै गइरहेको र यस्तै जिल्ला स्तरका खेलबाट नै खेलाडीहरु राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय खेल क्षेत्रमा पुगेको स्मरण गराए ।
पूर्वाधार अभावमा खेल क्षेत्र ओझेलमा परेको छ, उनले भने,‘प्रदेश परिषदले खेल क्षेत्रको विकास गर्न बृहत खेलमैदानको विकास गर्न पहल गर्ने छ । स्थानीय सरकारको असहयोगले जिल्लाको खेल क्षेत्रको विकास कठिनाई भएको बताउदै कर्णाली स्पोट्स क्लवका सदस्य महेन्द्र कार्कीले एक्लैले गरेर खेल क्षेत्रको विकास असम्भव भएकोले सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए । निति बनाउने स्थानमा पुगेको भन्दै शाहीलाइ अव विगतका जस्तो खेलाडीहरुलाइ समस्या नहुने बताए ।
खेलाडीहरुका समस्या र चुनौतीहरु कर्णाली प्रदेश खेलकुद परिषद्ले हल गर्नमा आफु आशावादी रहेको प्रतिक्रिया दिए । नवनिर्वाचित कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सरोज शाहीले जुम्लाका खेलाडीहरुका लागि सक्दो सहयोग गर्ने बचन दिए ।
निति निमार्ण गर्ने संस्थामा प्रवेश गरेको जानकारी गराउदै खेल क्षेत्रको भौतिक पुर्वाधार निमार्णमा विशेष जोड दिने प्रतिवद्धता जनाए । खेल अरुका लागि खेल्ने नभइ आफ्नो लागि हो भन्ने हेतुले लागियो भन्ने ढिलो छिटो फलदायी हुने शाहीको भनाइ छ ।

Next Post

श्रीमानहरुले संविधानका मामलामा राय नदिएर के फिल्मको समीक्षामा राय दिनुपर्ने हो ?'छ

२६ पुष २०७७, आईतवार २१:१७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता योगेश भट्टराईले चार जना पूर्व प्रधानन्यायाधीशहरुले संसद् विघटनका सम्बन्धमा राय दिनु स्वभाविक भएको बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसकुमार्फत नेता भट्टराईले सर्वोच्चको जिम्मेजारीबाट अवकाश लिएका प्रधानन्यायाधीशहरुबाट संविधान र कानुनका सम्बन्धमा राय, सुझाव आउनु स्वभाविक भएको बताएका हुन्। ‘लामो समय सर्वोच्च न्यायालयमा […]

सम्बन्धित