स्वास्थ्य सामाग्री जुटाउँदै डिसीसीएमसी

  ।   १९ जेष्ठ २०७८, बुधबार २२:०४

जुम्लामा कोरोना संक्रमण फैलन सक्ने अवस्थालाई मध्येनजर गर्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले स्वास्थ्य सामाग्री जुटाउन थालेको छ । जिल्लास्थित अन्तराष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्था संग समन्वय गरेर अक्सिजन लगायतका स्वास्थ्य सामाग्री जुटाउन थालेको हो ।
बधवार वल्र्डभिजन इन्टरनेश्नल नेपाल संगको साँझेदारीमा किडार्क नेपालले डिसीसीएमसी जुम्लालाई ७० थान अक्सिजन सिलिण्डर र २२ लाख ६४ हजार ७ सय २८ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
४६ लिटरको ७० थान अक्सिजन सिलिण्डर,७० वटा पल्स ओक्सिमिटर, ७० वटा थर्मल गन, ७० थान पिपिई सेट, ६ प्याकेट सर्जिकल मास्क, ३९ वटा एन नाइन्टी फाईभ मास्क, ६ वटा हेन्डवास सप र ५ लिटरको २ वटा सेनिटाईजर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई प्रदान गरिएको हो ।
वल्र्डभिजन ईन्टरनेश्नल नेपाल जुम्लाका प्रतिनिधी शुक्रराज गुरुङ र किर्डाक नेपालका जिल्ला संयोजक रेशमबहादुर शाही प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई संयुक्त रुपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी थापाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार स्वास्थ्य सामाग्री सहयोग गरेको बताए ।
उनले भने,‘जिल्लामा आउने जस्तासुकै स्वास्थ्य सामाग्री र राहत एकद्धार प्रर्णालीबाट डिसीसीएमसीको माध्यमबाट संकलन र वितरण गर्ने निर्णय भएको थियो । सोही बमोजिम स्वास्थ्य सामाग्री र अक्सिजन सिलिण्डर आएको हो । ’
केन्द्रले जिल्ला स्थित गैरसरकारी संस्थाहरुलाई एकद्धार प्रणालीबाट अक्सिजन सहितका स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेको थियो । डिसीसीएमसीलाई प्राप्त अक्सिजन सिलण्डिर र स्वास्थ्य सामाग्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय तहका कोभिड अस्पताललाई वितरण गरिने प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
जिल्लाका क्रियाशिल गैरसरकारी संस्थालाई अहिले अक्सिजन, एन्टिजेन, पिपिई सेट सहितका स्वास्थ्य सामग्री उपलब्ध गराउन समन्वय गरिएको बताए । उनले भने,‘कोरोना माहामारीमा प्राण वायूको रुपमा प्रयोग हुने अक्सिजन सिलिण्डरसहित अन्य स्वास्थ्य सामग्री वल्र्डभिजन र किर्डाक जुम्लाको सहयोगमा प्राप्त भएको छ । यसलाई आवश्यकताका आधारमा एकद्धार प्रणालीमा रहेर स्थानीय तह र अस्पतालमा पठाइने छ । ’
जुम्लामा कोरोना संक्रमितको संख्या ४२८ पुगेको छ भने १८९ जना निको भएर घर फर्किएका छन । दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २९ जना उपचार गरिरहेका छन् । कोरोना संक्रमणबाट बच्नका लागि अहिले मानव जातीलाई अक्सिजन, भेन्टिलेटर, आइसियूसहित स्वास्थ्य सामग्रीको आवश्यकता पर्ने गरेको छ ।

Next Post

कोरोना संक्रमितको उर्जा थप्न गाउँमा उपाध्यक्ष बुढा

१९ जेष्ठ २०७८, बुधबार २२:०४
जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढाले गाउँपालिका भित्रका कोरोना संक्रमितको मनोबल उचो बनाउन घरदैलो अभियान थालेकी छिन् । उनले संक्रमितको अवस्था बुझ्दै संक्रमितका परिवारलाई सहानुभुति दिदै आएकी हुन् । कोरोना कहरको पहिलो चरणमा सचेतना कार्यक्रम लिएर जनताको घरदैलोमा पुगेकी उपाध्यक्ष बुढाले दोस्रो लहरमा संक्रमितलाई भेटेर कोरोना संक्रमण फैलन नदिनको लागि […]

सम्बन्धित