कोरोना कहरकाबीच मार्सीधान रोपाइँ

  ।   २४ जेष्ठ २०७८, सोमबार १८:२३

गोल्डेन बुढा,

कर्णालीकै प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको शेरा जीउलामा मार्सीधान रोपिएको छ । कोरोना कहरकाबीच भव्य रुपमा मार्सीधान रोपाइ गरिएको हो । प्राचिनकाल देखि यो जीउलोमा धुमधामले धान रोप्ने गरिन्छ । यो पटक भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर रोपाइँ चलेको हो ।
गुठि समितिका अध्यक्ष पुर्णसिंह कठायत कोरोना कहरका बीच पनि मार्सीधान रोप्ने काम भएको बताउँछन । उनले भने,‘ मास्क लगाएर सामाजिक तथा व्यक्तिगत दुरी कायम गरेर धान रोपियो । जस्तो सुकै संकट आएपछि यो जीउलो बाँझो राख्नु हुदैन् ।’
गुठी व्यवस्थापन समितिले यसअघि प्रत्येक वर्ष विधिवत् रुपमा रोपाई महोत्सव गरेर शेरा जीउलोमा धान रोपाइँ हुदै आएको थियो । यो बर्ष कोरोना भाइरसको जोखिमका कारण कुनैपनि धार्मिक गतिविधि नगरि खेतमा कालिमार्सी धान रोपिएको उनले बताए ।
हरेक वर्ष जेठ १४ गते रोपिने शेरा जीउलो केही बर्ष देखि जेठ २४ गते रोपिने गरिएको छ । नियमित सिचाइँ कुलो असुविधाका कारणले रोपाइँ कार्यतालिका प्रभावित हुने गरेको छ । यो वर्ष २२ भारी धान रोपिएको छ ।
जेनेटर बाट पानी तानेर खेतमा रोपाइँ चलेको हो । पहिला एक सय भारी धान रोपिन्थ्यो । त्यसपछि घटेर ५६ भारी रोपिने गरियो । केही बर्ष यताबाट २२ भारी धान रोप्ने गरिएको हो ।
मार्सी धान जुम्लाको पहिचान हो । मन्दिरको खेतमा उत्पादित धानको चामल परम्परागत रुपमा अक्षता चढाउनका लागि प्रयोग हुन्छ,गुठी समितिका उपाध्यक्ष रत्नचन्द्र उपाध्यया भने,‘परम्परागत विधि हो । यसको जगेर्ना गर्न जरुरी छ । ’
मन्दिरको जीउलोमा मार्सीधान रोपाइँका गर्न चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था जुम्लाले सहयोग गर्ने गरेको छ । यो बर्ष ६३ जना महिलाहरु रोप्नेरी लगाइएको थियोे । सबै रोप्नेरीहरुलाई माक्स, स्यानिटाइजरको व्यवस्थापन गरिएको थियो । कोरोना संक्रमणलाई मध्येनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरिएको सहकारीका सचिव क्रृषिराम पाण्डेले जानकारी दिए ।
रोप्नेरी र हलिलाई ज्याला गुठि समितिले व्यवस्थापन गरेको थियो । प्रति रोप्नेरीलाई ५ सय रुपैयाँ र हलिलाइ प्रति १ हजार ३ सय रुपैयाँ दिएकोे अध्यक्ष पुर्णसिंह कठायत बताउँछन । रोपाइँको दिनको सबै सम्पूर्ण प्रसाद खर्च गुठि समितिका अध्यक्ष आफैले गरेका हुन ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले रोपाइँमा सामाजिक तथा व्यक्तिगत दुरी कायम गरि अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने,‘ स्वास्थ्य सुरक्षा मापदण्डको अनिर्वा पालना गर्न भनिएको थियो । सोही बमोजिम रोपाइँ भएको होला । ’ जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापा, सशस्त्र प्रहरीका डिएसपी गगन श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी थापा सहितको टोली रोपाइँ स्थलमै पुगेका थिए ।
मार्सी चामलले बजार पाउन थालेपछि धान जोगाउन स्थानीयवासीले रोपाइँको अगुवाइ गर्दै आएको गुठी समितिका सचिव अंगदप्रसाद देवकोटा बताए । रोपाइँमा स्थानीय महिला,विद्यार्थी लगायतको सहभागितामा रोपिदै आएको शेरा जीउलोमा यो पटक कोरोनाका कारण मन्दिर वरपरका बासिन्दा मात्र सहभागि रहेको गुठीका समितिका खरिदार रत्नप्रसाद आचार्यले बताए । शेरा जीउलोको ३३ मुरी खेतमा प्रत्येक बर्ष मार्सीधान रोपिदैँ आएको छ ।

Next Post

जुम्लामा कोरोनाका कारण एक पुरुष कैदीको मृत्यु

२४ जेष्ठ २०७८, सोमबार १८:२३
जुम्ला कारागारमा रहेका एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जुम्ला तिला गाउँपालिका १ का ७६ बर्षिय एक पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा. रमेश भटट्टराइले दुइ दिन देखि आइसियुमा […]