कोरोना मैदानमा उच्च जोखिममा स्वास्थ्यकर्मी

  ।   २४ जेष्ठ २०७८, सोमबार २३:०५

उत्तम देवकोटा,
कोरोना भाइरसका कारण अहिले जनजीवत अस्तव्यस्त छ । संक्रमणको त्रास बढ्दो छ । दैनिक दिन संक्रमितको मृत्यु भइरहेको छ । संक्रमित हुनेको संख्या बढिरहेको छ । यसरी महामारीका रुपमा फैलिएको कोरोना मैदानमा स्वास्थ्यकर्मी उच्च जोखिम मोलेर आफ्नो कार्यक्षेत्रमा खटिएका छन ।
न घाम न पानी । न आराम नत कुनै सेवा सुविधा । निरन्तर स्वास्थ्य सेवामा खटिरहनु परिरहेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लागि रहनु परेको छ । घरपरिवार छरछिमेक,आफन्त सबै देखि टाढा हुनु परेको छ । यो भाइरसले स्वास्थ्यकर्मी र समाज बीचमा विश्वासको संकट निम्तिएको छ ।
स्वास्थ्य सेवा दिन अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि दुव्र्यवहार भइरहेको छ । एउटा स्वास्थ्यकर्मी जो परिश्रम गरेर पसिना बगाएर सुन्दर भविष्यको कल्पनामा लागेको छ । आफ्नो घर परिवार पाल्नकै लागि सुन्दर सपना देखेर रोजगारी गर्न इच्छुक हुन्छ । तर तीनै स्वास्थ्यकर्मी प्रति हेर्ने नजर निकै नकरात्मक हुने गरेको छ । कोरोना भाइरसका कारण स्वास्थ्यकर्मीले दुव्र्यवहार खेपिरहनु परेको छ ।सामाजिक रुपमा बहिस्कृत हुनु परेको छ । लाग्छ‘कोरोनाले स्वास्थ्यकर्मी न घरको न त घाटको जस्तै भएका छन । स्वास्थ्यकर्मी हुनुको सजाय भोगिरहेको महसुस गर्न गर्न थालेका छन ।
जसरी सुन्दर सपना देखेर विदेश गएको एउटा छोरा घर फर्कन्छ की फर्कदैन भन्ने चिन्ता उसको परिवारलाई भइरहन्छ,ठिक त्यसैगरी कोरोना भाइरस महामारीको रोकथाम तथा प्रतिकार्यमा लागेका स्वास्थ्यकर्मी पनि फर्किन्छ फर्कदैन भन्ने अवस्था छैन । काममा तनाबै तनाव । समस्यै समस्या । एकातिर परिवारबाट विछोडिनुको पिडा,अर्कोतिर संक्रमितको उपचार र रेखदेख गर्नमै व्यस्त हुने गरेका छन ।
स्वास्थ्यकर्मी भएर बिरामीको सेवा गर्न जति उत्साहित भइन्छ । उति नै समाजबाट बहिस्कृत हुदा दुख लाग्ने गर्छ । स्वास्थ्यकर्मीको अनुकुलता र सहजताको लागि सबैले सोच्नु जरुरी छ । एउटा सत्य के हो भने प्रतिकुलताको बीचबाट उठेर अनुकुलताको खोजी गर्नुपर्छ । त्यो व्यक्ति संधै स्मरणीय र सम्मान गर्न लायक भइरहन्छ । इच्छाशक्ति, आत्मविश्वास,दृढसंकल्प र अठोटका साथ अघि बढ्यौँ । उद्धेश्य प्राप्तिका लागि निरन्तर लाग्यौँ भने कुनै दिन उदेश्य पुरा हुनेछ । तर स्वास्थ्यकर्मीलाई समाजमा सम्मान र हौसला चाहिएको छ ।
कोहीकसैको प्रेसरका कारण कोही स्वास्थ्यकर्मी अन्यायमा पर्न हुदैन् । सबैको पेसालाई सम्मान गर्न सिक्नुपर्छ । अहिले स्वास्थ्यकर्मी गाउँमा सचेतना प्रदान गर्ने देखि अस्पतालमा जटिल प्रकारको संक्रमितको उपचारमा संलग्न छन । स्वास्थ्यकर्मीले निकै जोखिम मोलेर कोराना मैदानमा उत्रिनु परेको छ । तर स्वास्थ्यकर्मीलाई हेर्ने नजर सकरात्मक छैन ।
संक्रमितको उपचारको क्रममा मृत्यु हुदा स्वास्थ्यकमी माथि हातपात हुनु,कोरोना संक्रमित संग नजिक हुने भएकोले गाउँमा जाँदा फरक सोचले हेर्नु र विभिन्न प्रकारका आरोप लगाएर धम्की दिने गरेको पछिल्लो क्रियाकलापले बताउँछ ।

लेखक देवकोटा, तिला गाउँपालिकाका अहेब हुन ।

Next Post

कालोबजारी रोक्न खलंगा बजारमा अनुगमन

२४ जेष्ठ २०७८, सोमबार २३:०५
कोरोना भाइरसको कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य बस्तुमा अत्यधिक मुल्यबृद्धि भएको र अखाद्य बस्तु किनबेच भइरहेको उपभोक्ताले गुनासो गरेका छन । खाद्य बस्तु तथा खुद्रा सामाग्रीमा मनपरी मुल्य लिने गरेको गुनासो बढेपछि चन्दननाथ नगरपालिकाले बजार अनुगमन गरेको छ । उपमेयर अप्सरादेबी न्यौपानेको नेतृत्वमा निस्किएको अनुगमन टोलीले […]