जुम्ला बसपार्क सञ्चालन नहुँदै विवाद

  ।   २७ पुष २०७७, सोमबार ०८:१४

जुम्लाको नयाँ बसपार्क संचालनमा बिवाद उत्पन्न भएको छ । निर्माण सम्पन्न भई वर्षौदेखि खाली रहेको बसपार्क आगामी माघ १ गतेबाट सञ्चालनमा ल्याउने भनिएपनि बिवाद देखिएको हो । यातायात व्यवसायीबाट कर असुली गर्ने गरी चन्दननाथ नगरपालिकाले माघ १ गतेबाट नयाँबसपार्क संचालन ल्याउने निर्णय गरेको थियो ।

तर यातायात व्यवसायीहरुले नगरपालिकाले समन्वय बिनै एकलौटी निर्णय गरेर चर्को कर असुली गरी बसपार्क संचालनमा ल्याउन लागेको भन्दै विरोध जनाएका छन् । बसर्पाक संचालनका नाममा नगरपालिकाले व्यवसायीलाई लुट्न खोजेको समेत यातायात व्यवसायीको गुनासो छ ।
शुक्रबार नगरपालिकामा संयुक्त ज्ञापन पत्र बुझाउदै सुर्खेत देउती यातायात प्राली जुम्लाका ईन्चार्ज तेजेन्द्र हितानले व्यवसायीहरुको ढाडै भाचिने गरी एकतर्फी निर्णय लादेर चर्को कर असुल्ली निर्णयको विरोधमा उत्रिएको बताए ।

उनले भने,“वर्षौदेखि खाली बसपार्क सञ्चालनमा ल्याउने निर्णय गर्नु आफैमा स्वागत योग्य छ । तर जुम्लामा रहेका आधा दर्जन बढी यातायात व्यवसायी संग समन्वय नगरी एक निर्णयबाट कर असुल्ने बसपार्क संचालन गर्ने निर्णय मान्य छैन् ।”

बसपार्क सञ्चालनका विषयमा यातायात व्यवसायी र नगरपालिका बीच वार्ता गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको तिला कर्णाली यातायात प्रालीका ईन्चार्ज देवि बहादुर रोकायाले बताए । उनले यातायात व्यवसायीका जाहेज मागलाईन उचित सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने समेत चेतावनी दिए ।

कर्णाली राजमार्गको शुरुवातीदेखि यातायात सेवा दिदै आएका यातायात व्यवसायीलाई घाटामा पर्ने गरी महिनाको ७ हजार बढी कर असुल्ने निर्णयको चर्को विरोध भईरहेको हो ।

जुम्लामा संचालित तिला कर्णाली यातायात प्राली,नमस्ते यातायात जुम्ला प्राली, सुर्खेत देउती यातायात प्राली, सुर्खेत बुलबुले यातायात प्राली,गो कर्णाली यातायात प्राली, सनराईज यातायात प्राली र भैरबनाथ यातायात प्राली गरी ७ वटा यातायात व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।

Next Post

प्रचण्ड र नेपाल निर्वाचन आयोग जाँदै, चुनावको तयारी नगर्न आग्रह गर्ने

२७ पुष २०७७, सोमबार ०८:१४
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन आज निर्वाचन आयोग जाँदैछन्। प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा निर्वाचन आयोगले चुनावको तयारी थालेर मुद्दालाई नै पार्न खोजेको निश्कर्ष निकालेको प्रचण्ड–नेपाल समूह छलफलका लागि आयोग जान लागेको हो। प्रचण्ड–नेपाल समूहका नेता मुक्ति […]

सम्बन्धित