मनकारी युवा नेता शाही, जो संकटको बेला घरदैलोमा पुगे

  ।   ६ असार २०७८, आईतवार १७:४८

जुम्ला हिमा गाउँपालिका १ बड्की निबासी नेपाली काँग्रेसका युवा नेता लक्षण शाही स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेस पार्टीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार थिए । उनले गाउँपालिका भित्रको स्वास्थ्य शिक्षामा आमुल परिवर्तन ल्याउने देखि रोजगारी सिर्जना गर्ने घोषणा पत्र सार्वजनिक गरे । तर निर्वाचनमा नेकपा माओबादीका उम्मेदवार रजबहादुर शाहीबाट उनी पराजित भए । उनले ४५ मतले पराजित भएका हुन ।
निर्वाचनमा पराजित भएपनि उनी जनताको सुखदुखबाट कहिल्यै विचलित भएनन । अहिले उनी जनताको घरदैलोमा पुगेका छन । हरेक जनताको समस्या एकाकार हुदैँ आएका छन । कोरोना कहरको बीचमा युवा नेता शाही जनताको घर दैलोसम्म पुगे ।
स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गर्न आग्रह गरे । घरबाहिर निस्कदा मास्कको प्रयोग गर्न,सेनिटाइजरको लगाउन, साबुनपानीले नियमित हातधुनको लागि सचेतना फैलाउन थाले । उनले भने,‘निर्वाचनमा पराजित भएपनि जनताको सेवा गर्न कत्ति पनि विचलित भएको छैन । जनताको हरेक सुखदुखमा साथ दिने प्रयत्न गरिरहेको छु । ’
पहिलो चरणमा कोरोना संक्रमण हुँदा नयाँ प्रकारको रोग प्रवेश गरेको भन्दै गाउँमा त्रास थियो । जनता आत्तिएका थिए । कालापहाड देखि आउने क्रम निकै बढ्दो थियो । त्यो समयमा उनी गाउँ गाउँमा पुगेर सचेतना फैलाउँदै थिए । उनले भने,‘हिमा गाउँपालिका भित्रका २३ वटै गाउँमा पुगेर सचेतना दिएर कोरोना संक्रमण विरुद्धको लडाईमा लड्नको लागि उर्जा थप्ने कार्य गरियो । उतिबेला यो निकै चुनौतिपुर्ण कार्य थियो । ’
जनताको हरेक संकट समाधान गर्ने,सामाजिक विकासमा लाग्ने र गाउँपालिकाको उन्नती र प्रगतिमा साथमा साथ दिने गरेको उनी बताउँछन । युवा नेता शाहीको यो कार्य प्रति स्थानीय सन्तुष्ट छन ।
गाउँपालिका अध्यक्षमा जितेको भए शिक्षा,स्वास्थ्य, खानेपानी जस्ता आधारभुत कुरामा जोड दिने लक्ष्य थियो । तर निर्वाचन जित्न सकिएन । तैपनि जनताको सेवाबाट पछि हटेको छैन । नेता शाहीले भने,‘समाजसेवा रहरले गर्ने बिषय होइन । आत्मैदेखि जनसेवाको भावनाको विकास हुन जरुरी छ । ’
पहिलो चरणको कोरोना कहरमा उनले गाउँपालिका भरी १० हजार मास्क बाँडे । स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री उपलब्ध गराए । क्वारेन्टिनमा बसेकाहरुका लागि आवश्यक खाद्यन्न र स्वास्थ्य सामाग्री दिए । प्रहरीचौकीमा स्वास्थ्य सामाग्री दिए । उनले भने,‘उतिबेला कोरोना भाइरस सबैको लागि नयाँ थियो । ज्यानको प्रवाह नगरि गाउँबस्तीमा पुगेर सचेतना फैलाउने कार्य भयो । यो कार्यले मनमा सन्तुष्टि मिलेको छ ।’
दोस्रो लहरमा उनले सबै गाउँमा पुगेर ६ हजार १ सय मास्क बाँडे । मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्न अपिल गरे । त्यो बाहेक आफ्नो गाउँपालिका भित्रका संक्रमित संग फोन गरेर समस्या बुझ्ने समाधान गर्न प्रयत्न गर्नेदेखि निरन्तर उत्साह, उर्जा दिने काम गरिरहेका छन । उनले भने,‘अहिले जनता सबै कोरोनाबाट बच्नु छ । कोरोना बाट बचाउन हरेक प्रयत्न गर्नजरुरी छ । यो काय भइरहेको छ । ’
नेता शाहीले गरेको सेवा हेर्दा अहिले हिमाका जनता पश्चतापमा छन । निर्वाचनमा मान्छे चिनेनौँ । गल्ती भयो । निर्वाचित गरेको भए सेवा रामै्र पाइने थियो भन्दै शाही संग पछुतो सुनाउँछन ।
अहिले शाही पनि बढि जनसम्पर्कमा छन । उनले भने,‘स्वास्थ्यका क्षेत्रमा निकै काम गर्नुपर्नेछ । शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना गर्नेछौँ । आधुनिक कृषि प्रर्णालीको विकास गर्ने र प्रयाप्त रोजगारीको अवसर सिर्जना गर्नको लागि गाउँपालिका संग छलफल हुने गरेको छ ।
उनले गाउँपालिकाका नकरात्मक बिषयमा खबरदारी गरिरहेका छन । सकरात्मक काममा सुझाव सल्लाह दिइरहेका छन ।उनले भने,‘स्थानीय सरकारको गुण र दोषका आधारमा समर्थन वा बिरोध भइरहेको छ । ’
युवा नेता शाहीले कर्णाली प्राविधिक शिक्षालयमा ओभरशियर बिषयमा अध्ययन गर । त्यो समयमा कर्णाली प्राविधक शिक्षालयको विद्यार्थीहरुको संयोजक बने ।नेपाली काँग्रेस निकट साँस्कृतिक संगठनको जुम्ला अध्यक्ष,दुई पटक नेपाल तरुणदलको जुम्ला अध्यक्ष,साँस्कृतिक संगको केन्द्रीय सदस्य हुदैँ अहिले नेपाली काँग्रेस जिल्ला कमिटी सदस्य छन । जुम्लाको संगठन विभागको संयोजक रहेका शाही कोरोना रोकथाम तथा नियन्त्रणका लागि बस्तीस्तरका कार्यकर्तालाई सचेतनाका क्रियाकलाप गर्न निर्देशन गरिएको बताउँछन ।
उनले अहिले सबै वडामा मास्क वितरण गरेको जनाएका छन् । ‘गत वर्षको कोरोना संक्रमणका बेलामा पनि गाउँपालिका मात्र नभएर जिल्लाका अन्य स्थानीय तहमा पनि मास्क, सेनिटाइजरका साथै स्वास्थ्य सामग्री बाँडेको थिँए’ उनले भने ‘गाउँवासीलाई अप्ठेरो पर्दा म चुपचाप बस्नु हुँदैन भनेर सक्रियता देखाएँ, यो बेला जे गर्न सक्छु गरेकै छु ।’
कोरोना भाइरसको संक्रमणका बेला स्थानीय सरकारले सक्रियता देखाउनुपर्ने उनको भनाई छ । ‘यो अहसज बेलामा कसैले पनि राजनीतिक रुपले हेर्नु हुँदैन, संकटको सामना गर्न सबै एकजुट बन्नुपर्छ’ उनले भने ‘सरकारले जति गर्नुपर्ने हो त्यो गरेन त्यसैले पनि राजनीतिक दल र व्यक्तिहरु सक्रिय भएर जनताको जीवन बचाउनेतिर लागनुपर्ने बेला भएको छ ।’ उनले आवश्यकता अनुसार आगामी दिनमा पनि यस्तै प्रकारको समाजसेवा गर्ने जनाएका छन् ।

Next Post