प्रचण्ड र नेपाल निर्वाचन आयोग जाँदै, चुनावको तयारी नगर्न आग्रह गर्ने

  ।   २७ पुष २०७७, सोमबार १३:३५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन आज निर्वाचन आयोग जाँदैछन्। प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा निर्वाचन आयोगले चुनावको तयारी थालेर मुद्दालाई नै पार्न खोजेको निश्कर्ष निकालेको प्रचण्ड–नेपाल समूह छलफलका लागि आयोग जान लागेको हो।

प्रचण्ड–नेपाल समूहका नेता मुक्ति प्रधानका अनुसार आइतबारको सचिवालय बैठकले गरेको निर्णयअनुसार अध्यक्षद्वय नेपाल र प्रचण्ड निर्वाचन आयोग जान लागेका हुन्।

‘संसद् विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ, अदालतबाट फैसला नहुन्जेलसम्म निर्वाचन आयोगले चुनावको तयारीमा लाग्न मिल्दैन,’ नेता प्रधानले भने, ‘यही निश्कर्षसहित हिजोको सचिवायल बैठकले निर्वाचन आयोगसँग छलफल गर्ने निर्णय गरेको थियो। र, हाम्रो अध्यक्षद्वय आज आयोग जाँदै हुनुहुन्छ।’

प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने मागसहित संघर्ष गर्दै आएको छ। आइतबार साँझ यो समूहको सचिवालय बैठक बसेको थियो।

Next Post

प्रतिबद्धता भुल्दै राजनीतिक दल

२७ पुष २०७७, सोमबार १३:३५
आइतबार दैलेख सदरमुकाममा प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दै उक्त समूहको भव्य र्‍याली  निस्कियो । त्यसमा युवायुवतीदेखि वृद्धवृद्धासम्मको बाक्लो उपस्थिति थियो । सयौंजनामा सहभागीमध्ये कमैले मास्क प्रयोग गरेका देखिन्थ्ये । अधिकांश मास्कबिना र्‍यालीमा सहभागी भए । सोही दिन रुकुम पश्चिममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक कदम भन्दै […]