कोरोना रोकथाम तथा नियन्त्रण गर्न लाखौँको स्वास्थ्य सामाग्री हस्तान्तरण

  ।   २३ असार २०७८, बुधबार ०३:४१

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तीन स्थानीयतहमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि लाखौँको स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । जिल्लाको हिमा,सिँजा र कनकासुन्दरी गाउँपालिकामा साँझेदारी सहयोग केन्द्र पेस नेपाल र प्लान इन्टरनेशनल नेपालले ४० लाख ७९ हजार १ सय ३१ रुपैयाँ बढिको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
दोश्रो चरणको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लाखौँको स्वास्थ्य सामाग्री उपलब्ध गरिएको पेस नेपाल जुम्लाका संयोजक हेमराज भट्टले जानकारी दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नौ प्रकारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
अक्सिजन कन्सन्ट्रेटर दस लिटरको ४ पिस,अक्सिजन सिलिण्डर ४० लिटरको २० पिस,सर्जिकल मास्क २० हजार पिस,एन नाइन्टी फाइभ मास्क ४सय ५० पिस,सेनिटाइजर ५ सय एमएल ३ सय ५० बोत्तल,फेश सिल्ड ३ सय ५० पिस,पिपिई सेट २ सय पिस,ग्लाब्स १ हजार २ सय पेयर र ह्याभी ड्युटी ग्लोब्स एक सय पेयर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई हस्तान्तरण गरिएको हो । प्रतिष्ठानलाई कुल १७ लाख ६७ हजार ४ सय ६१ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संयोजक भट्टले बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिका संयोजक बिजय प्रसाईले सामाग्री हस्तान्तरण गरेकी हुन ।


कनकासुन्दरी गाउँपालिकामा ९ लाख २ हजार ३२९ रुपैयाँ बराबरको १२ प्रकारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। सिंजा गाउँपालिकामा ७ लाख १५ हजार १२२ रुपैयाँ र हिमा गाउँपालिकामा ६ लाख ९४ हजार ३१८ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको पेस नेपालका अध्यक्ष किशोर न्यौपानले जानकारी दिए । स्थानीयतहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न जिल्ला समन्वय समितिको प्रमुख लालबहादुर सार्की र उपप्रमुख कार्मा बुढा स्थानीयतहमा पुगेका थिए ।
उनीहरुले कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागि आएको स्वास्थ्य सामाग्रीको भरपुर प्रयोग गर्न आग्रह गरे । पहुँचविहिन र वास्तविक कोरोना महामारी पीडितका लागि सामाग्री प्रदान गर्नको लागि सुझाव दिए ।
कोभिड – १९ दोस्रो लहरको संक्रमण जोखिम न्यूनिकरण, रोकथाम तथा प्रतिकार्यका लागि स्थानीय तहमा सञ्चालनमा रहेका आइसोलेसन केन्द्र र कोभिड अस्पतालका लागि स्वास्थ्य सामग्रीको माग भएपछि पेस नेपाल र प्लान इन्टरनेशनल नेपालको साँझेदारीमा हस्तान्तरण गरिएको हो ।
हिमा गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिण्डर ५ पिस, अक्सिमिटर ३८ पिस, सर्जिकल माक्स २० हजार पिस, एन नाइन्टी फाइभ माक्स ५० पिस, ५ सय मिलिलिटरको ह्रयाण्ड स्यानिटाइजर ३ सय बोत्तल, फेस शिल्ड ३ सय पिस, पीपीई १ सय पिस, ग्लोब्स ६ सय पेयर, ह्याभी ड्युटी ग्लोब्स ५० पेयर प्रदान गरिएको हो ।


सिंजा गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सनट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिण्डर ५ पिस, अक्सिमिटर ७४ पिस, सर्जिकल माक्स १५ हजार पिस, एन नाइन्टी फाइभ माक्स ५० पिस, ५ सय मिलिलिटरको ह्रयाण्ड स्यानिटाइजर ३ सय बोत्तल, फेस शिल्ड ३ सय पिस, पीपीई एक सय पिस, ग्लोब्स ६ सय पेयर ह्याभी ड्युटी ग्लोब्स ५० पेयर सहयोग गरिएको हो ।
कनकासुन्दरी गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सनट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिण्डर ५ पिस, अक्सिमिटर ८८ पिस, सर्जिकल माक्स २० हजार पिस, एन नाइन्टी फाइभ माक्स १ सय पिस, ५ सय मिलिलिटरको ह्रयाण्ड स्यानिटाइजर ३ सय बोत्तल, फेस शिल्ड ३ सय पिस, पीपीई १ सय पिस, ग्लोब्स ६ सय पेयर, ह्याभी ड्युटी ग्लोब्स ५० पेयर सहयोग गरेको पेस नेपाल जुम्लाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बिजय प्रसाईले कोरोनामा महामारीको समयमा सामाग्री प्राप्ति हुनु निकै ठुलो उपलब्धि भएको बताइन । उनले भनिन,‘यो स्वास्थ्य सामाग्रीको व्यवस्थापन वितरण अवको काम हो । वितरणमा आउन सक्ने कठिनाई संग जुध्न प्रशासनिक रुपमा साथ दिन्छौँ । आवश्यक परेको व्यक्तिलाई यो सामाग्रीको प्रयोग होस । कहाँनेर आवश्यकता छ । पहुँचको भरमा स्वास्थ्य सामाग्रीको प्रयोग र परिचालन भएको सन्देश आउनु भएन । प्रतिष्ठान संग तथ्यांक छ । जसलाई आवश्यक छ । उसैलाई प्रयोग गर्नुकोला । सही सदुपयोग गर्नुहोला ।’


जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले लाखौँको स्वास्थ्य सामाग्री उपलब्ध हुनु निकै राम्रो काम भएको बताए । उनले भने,‘प्रयाप्त मात्रमा स्वास्थ्य सामाग्री आइपुुगेकोले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीयतहले भरपुर प्रयोग गरेर कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सक्रियता देखाउनुहोला । ’ उनले स्वास्थ्य सामाग्री सहयोग गर्ने पेस नेपाल र प्लान इन्टरनेशनल नेपाललाई धन्यावाद दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले प्रतिष्ठानमा हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीका भरपुर प्रयोग गर्ने बताए । उनले भने,‘यहाँ उपलब्ध सामाग्रीको अधिकतम प्रयोग हुनेछ । पहुँचका भरमा भन्दा आवश्यकताका आधारमा स्वास्थ्य सामाग्री उपलब्ध हुनेछ । स्वास्थ्य सामाग्रीको सही सदुपयोग हुनेमा ढुक्क हुनुहोला । ’ कठिन परिस्थितीमा अत्यावश्यक स्वास्थ्य सामाग्री प्राप्त हुनु निकै खुसिको बिषय भएकोमा जोडदिए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न प्रमुख जिल्ला अधिकारी बिजय प्रसाई,जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की,उपप्रमुख कार्मा बुढा,प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महत,सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई,अस्पताल निर्देशक राजिब बिक्रम शाह र पेस नेपालका अध्यक्ष किशोर न्यौपाने लगायतको सहभागिता थियो ।

Next Post

सुशासनको प्रत्याभुति दिनुछ, कुरीतिको भण्डाफोर गर्नुछ : प्रजिअ प्रसाई

२३ असार २०७८, बुधबार ०३:४१
गोल्डेन बुढा, जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले सुशासन कायम गर्दै कुरीति विरुद्धको अभियानलाई कडा बनाउदै लैजाने बताएकी छिन । उनले जुम्लाको सुशासन, कुरीति र बिसंगतिलाई चिरफार गर्ने प्रतिबद्धता जनाएकी हुन । जिल्लाको सुशासन कायम गर्दै समृद्वि हासिल गर्न सबैले साथ दिनु पर्ने बताइन् । ४० औँ प्रमुख जिल्ला अधिकारीका […]