पातारासीमा रैथानेबालीका ७ पकेट क्षेत्र

  ।   २५ असार २०७८, शुक्रबार ०६:१७

गोल्डेन बुढा,

जुम्लाको पातारासी गाउँपालिकाले रैथानेबालीको संरक्षणका लागि सातवटा पकेट क्षेत्र निर्धारण गरेको छ । एक गाउँ,एक उत्पादनलाई प्रोत्साहन दिन,चक्लाबन्दी खेतिलाई जोड दिन, सामुहिक खेतिलाई बढवा दिन र कृषिलाई व्यवसायिक बनाउनको लागि गाउँपालिका भित्र ७ वटा पकेट क्षेत्र निर्धारण गरिएको हो ।
स्थानीय उत्पादनलाई जोड दिदै बाँझो जग्गामा पुर्ण खेती गर्ने, बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यका साथ पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले जानकारी दिए । फापर क्षेत्र,ओखर पकेट क्षेत्र,आलु पकेट क्षेत्र र तरकारी पकेट क्षेत्र सहित सात वटा पकेट क्षेत्रमा निधारण गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा बताउँछन् । पकेट क्षेत्रका लागि २४ लाख दश हजार रुपैयाँ गाउँपालिकाबाट विनियोजित भएको छ ।
संघीय सरकारबाट पातारासी एक स्यालागडि गाउँमा फापर, २ पेरेमा सिमी, ३,मा कालीमार्सी धान, ४ लुममा चिनो कागुनो,५ माथि लोर्पामा ओखर,६, उर्थुमा तरकारी र ७ नम्वर वडाको पट्मारामा आलु पकेट क्षेत्र तोकिएको बुढ्थापाले जानकारी दिए । सात वटै पकेट क्षेत्रमा गरेर पाँच हेक्टर जग्गामा रहेको छ । फापर खेतीमा सात लाख ७० हजार,सिमीमा पाँच लाख ८५ हजार, कालीमार्सी धानको लागि ४  लाख ८५ हजार रुपैयाँ, कागुनो चिनो पकेट क्षेत्रमा ४८ लाख ५ हजार, ओखर खेतीमा पाँच लाख ८५ हजार र आलु पकेट क्षेत्र तिर ८ लाख ८५ हजार रुपैयाँ वजेट छुट्टयाइएको उपाध्यक्ष पुन्नकली महतारा बताउँछिन ।
कृषि विकास कार्यालयको सहकार्यमा एक स्थानीय तह, एक उत्पादन कार्यक्रमलाई प्रसय दिन वडा नम्बर ३ हुरीमा आलु पकेट क्षेत्र तोकिएको महताराको भनाइ छ । त्यसमा १८ लाख ७२ हजार रुपैयाँ लगानी रहेको छ । संघीय सरकारबाट २४ लाख रुपैयाँ र गाउँपालिकाको १० लाख रुपैयाँ गरेर ३४ लाख  रुपैयाँ  छुट्टयाइएको छ ।१ लाख १२ हजार जनश्रमदान भएको कृषि विकास शाखा प्रमुख रुपक बुढा जानकारी दिए ।  पशु अस्पताल तथा पशु सेवा कार्यलय जुम्ला संग सहकार्य गरि पातारासी ७ पट्मारामा भेडापालन गरिएको उनको भनाइ छ । पातारासी गाउँपालिकाले प्रत्येक वडामा सुहाउँदो बालिको पकेट क्षेत्र तोकेर उत्पादन बढाउने र बाँझो जग्गाको उपयोग गरि रोजगारीको सृजना गर्ने काम सबैलाई हितमा रहेको चिनो कागुनो पकेट क्षेत्रका महादेव कृषि उत्पादन समुहका सचिव रेविका सुनारको भनाइ छ ।
उनले भनिन्,‘पकेट क्षेत्रको निर्धारणले यहाँको कृषि बालीको प्रर्वद्धन हुने विश्वास गरिएको छ । अहिले गाउँपालिकाले पनि स्थानीय उत्पादनबाट बनेको परिकार नै खाजा नास्ताको रुपमा प्रयोग गर्न थालेपछि किसानमा उत्साह थपिएको छ ।

Next Post

जुम्लामा बढ्दो कोरोना दर : १९ जनाको परिक्षण गर्दा १४ जनामा संक्रमण

२५ असार २०७८, शुक्रबार ०६:१७
जुम्लामा कोरोना संक्रमण दर बढिरहेको छ । पछिल्लो २४ घण्टामा १९ जनामा परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै पुगेर कोरोना परिक्षण गरेका १९ मध्ये १४ जनामा संक्रमण पुष्टिभएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । संक्रमण दर बढिरहेकोले उच्च सावधानी अपनाउन स्थानीय […]