कहिले बन्छ एम्बुलेन्स,कहिले आउँछन डक्टर ?

  ।   २६ असार २०७८, शनिबार २०:३१

गोल्डेन बुढा,

जुम्लाको हिमा गाउँपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र ४ बर्ष देखि डक्टर विहिन छ । डक्टर नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ । डा. नहुँदा बिरामीले चिकित्सकीय सेवा पाउन सकेका छैनन ।
चार बर्ष देखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज गोविन्द भण्डारीले जानकारी दिश्र । २०७५ जेठ महिनाबाट डाक्टर रत्नविर सुनार अध्ययन विदामा गएदेखि दरबन्दी रिक्त छ । दरबन्दी अनुसारको डाक्टर नहुँदा समस्या भइरहेको स्थानीय बताउँछन ।
इन्चार्ज भण्डारीले भने,‘सुचिकृत डाक्टर नहुँदा आधिकारीक रुपमा चुनौती देखिन्छ । डाक्टरले दिने चिकित्सकीय सेवामा समस्या भएको छ ।’ स्वास्थ्य केन्द्रमा औषधी प्राप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४ सै घण्टा प्रवाह हुने गरेका छन । स्वास्थ्य केन्द्रको उन्नति र प्रगतिको लागि सबै कर्मचारीको साथ सहयोग छ ।
प्राथमिक स्वास्थ्य केन्द्रको नाममा जग्गा आधा मात्रै छ । जग्गा प्राप्ति पनि चुनौ ितबनेको छ । जग्गा रजिस्ट्रेसन गर्न सबैको साथ,सहयोग र सहकार्य चाहिने स्वास्थ्यकर्मी बताउँछन । स्वास्थ्य केन्द्रमा घेराबार छैन । बिरामी बोक्ने एम्बुलेन्स समेत छैन । भएको एम्बुलेन्स दुई बर्ष देखि बिग्रेर थन्किएको छ । गाउँपालिकाले एम्बुलेन्स बनाउने तदारुकता देखाएको छैन । स्वास्थ्यकेन्द्रमा उपचार हुन नसकेका बिरामी अस्पताल रेफर गर्दा लैजान ल्याउन समस्या भइरहेकोछ ।
बिग्रिएको एम्बुलेन्स लिलाम नभएसम्म गाउँपालिको अर्को खरिद गर्न नसक्ने बताइएको छ । १० वाटको सोलार जडान भएको छ । ग्रिट अमेरिका नामक कम्पनीको आर्थिक सहयोगमा घाम पावर कम्पनीको प्राविधिक सहयोगमा सोलार सेवा उपलब्ध भएको छ । ७५ प्रतिशत ग्रिट अमेरिका कम्पनीको सहयोग रहेको छ । २५ प्रतिशत हिमा गाउँपालिको लगानी छ ।
स्वास्थ्य केन्द्रमा ल्याव असिस्टेन्ट खाली छ । दिपक माझी चैत २९ गते सरुवा भएर गएपछि ल्याव सेवा पुर्णरुपमा बन्द भएको अहेव जयकृष्ण बडुवालले बताए । स्वास्थ्य केन्द्रमा १ बर्षअघि बाट शुरु भएको एक्सरे सेवा ठप्प छ । स्वास्थ्य बीमाले एक्सरे मेसिन उपलब्ध गराएको थियो । तालिम प्राप्त कर्मचारी नहुनाले एक्सरे चलाउन नसकिएको इन्चार्ज भण्डारी बताउँछन ।
स्थानीयले चिकित्सकीय सेवा तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन । उनीहरुले डक्टर आउन नसकेको खण्डमा गाउँपालिकाले तत्काल व्यवस्थापन गर्नुपर्ने माग राखेका हुन । हिमा ५ का वडाध्यक्ष नन्दबहादुर रावतले मेडिकल अधिकृत नआएको खण्डमा साउन महिना देखि गाउँपालिकाले व्यवस्थापन गर्ने बताए । उनले भने,‘ स्वास्थ्य मानवको मेरुदण्ड भएकोले हेलचक्र्याराई गर्न हुदैन । स्थानीय सरकार संवेदनशिल बनेको छ । ’
सिनियर अनमी मेनुका देवकोटाले दुई बर्ष देखि सुरक्षित गर्भपतन सेवा प्रवाह नभएको बताइन । गर्भपतन केस आएपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्ने गरेको देवकोटा बताउँछिन् । आर्थिक अवस्था कमजोर भएकाहरुले मेडिकलबाट महंगोमा गर्भपतन गर्ने गरेका छन । तालिम नलिएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराए ज्यानै जोखिम हुने गरेको जानकारी गराईन । अनमी देवकोटाका अनुसार स्वास्थ्य संस्थामा एउटा भिडियो एक्सरे मेसिन अनिवार्य हुनुपर्ने देखिन्छ ।
अघिल्लो बर्ष ८४ जना सुत्केरीले स्वास्थ्य संस्थाबाट सेवा लिएका थिए । यो बर्ष ७८ जना आमाहरुले सेवा पाएको उनले जानकारी दिइन् । एक दिनमा १५ देखि २५ जनाको हाराहारीमा बिरामी सेवा लिन आउँछन । सबैभन्दा बढी झाडापखाला, सामान्य रुघाखोकीका बिरामी रहेका छन । अहिले प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा ११ जना कर्मचारी छन् ।

Next Post

रकम छुट्याइन्छ, काम हुँदैन

२६ असार २०७८, शनिबार २०:३१
मुगु — कर्णालीको मुख्य पर्यटकीय गन्तव्य रारामा चक्रपथ (साइकल लेन) निर्माणका लागि प्रदेश सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि काम नभई फ्रिज हुने गरेको छ । प्रदेश सरकारले अघिल्ला दुई आर्थिक वर्षमा साइकल लेन निर्माणका लागि विनियोजन गरेको झन्डै ४ करोड रुपैयाँ फ्रिज भएको छ । ढिलो गरी बजेटको अख्तियारी पठाइँदा बजेट […]