बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्षको निधन

  ।   १० आश्विन २०७७, शनिबार ०६:०९

१० असोज, तौलिहवा । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको छ ।

उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् ।

वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

यसअघि गत भदौ १४ गते बुद्धभूमि नगरपालिका–७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो ।

Next Post

टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय

१० आश्विन २०७७, शनिबार ०६:०९
तनहुँ । तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ । शिक्षा, विज्ञान […]