मृत्युशय्‍यामा पुगेको संसद जोगियो, फैसला स्वागतयोग्य : माधव नेपाल

  ।   २८ असार २०७८, सोमबार १३:५४

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मृत्युशय्या‍मा पुगिसकेको संसदलाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै फैसलाको प्रशंसा गरेका छन् ।

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालले प्रारम्भिक प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य भएको बताएका हुन् ।

‘झन्डै मृत्युशय्या‍मा पुगिसकेको संसदलाई दोस्रो पटक जोगाउने काम भयो । नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटकपटक प्रतिनिधिसभालाई विघटन गर्ने काम भइरहेको थियो,’ कान्तिपुसँगको कुराकानी गर्दै नेपालले भने, ‘सर्वोच्च अदालतले सकारात्मक फैसला गरेको छ ।’

नेता नेपालले सर्वोच्चको सोमबारको फैसलाले न्यायपालीकाको मर्यादालाई उचो बनाएको बताए । ‘अदालतले संविधानको रक्षा गरेको छ । मुलुकमा राजनीतिक स्थितिरताको निम्ति यो निर्णयले राम्रो भूमिका खेल्ने छ भन्ने विश्वास छ,’ नेपालले भने ।

Next Post

कर्णालीका फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता

२८ असार २०७८, सोमबार १३:५४
कर्णाली प्रदेश सरकारले कोरोना महामारीको जोखिममा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शवबाहन चालकलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराएको छ। सामाजिक विकास मन्त्रालयले १० वटा जिल्ला अस्पताल, एक प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश आयुर्वेद औषधालयमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शवबाहन र एम्बुलेन्स चालकलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराइएको […]

सम्बन्धित