कर्णालीका फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता

  ।   २८ असार २०७८, सोमबार १६:२४

कर्णाली प्रदेश सरकारले कोरोना महामारीको जोखिममा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शवबाहन चालकलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराएको छ। सामाजिक विकास मन्त्रालयले १० वटा जिल्ला अस्पताल, एक प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश आयुर्वेद औषधालयमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शवबाहन र एम्बुलेन्स चालकलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराइएको जनाएको छ।

यसका लागि मन्त्रालयल तीन करोड २७ लाख ८३ हजार ४८७ रुपैयाँ निकासा गरेको छ। ‘कोरोना महामारीमा खटिएका प्रदेशभरका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र एम्बुलेन्स तथा शव बाहन चालकलाई जोखिम भत्ता उपलब्ध गराउनका लागि तीन करोड रुपैयाँ निकासा दिइएको छ,’ सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले भने, ‘जोखिममा काम गरेका फ्रन्टलाइनरलाई सरकारले सधैं सम्मान र प्रोत्साहन गर्छ ।’

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीका अनुसार स्वास्थ्य सेवा निर्देशनालयमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि चार लाख ८८ हजार ९१० रुपैयाँ निकासा दिएको छ। यस्तै प्रदेश अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, शवबहान चालकका लागि ३८ लाख ६१ हनार १५२ रुपैयाँ निकासा दिएको छ।

यस्तै प्रदेश आयुर्वेद औषधालयलाई पाँच लाख ३३ हजार ९५०, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतलाई २६ लाख २० हजार २००, मेहलकुना अस्पताललाई आठ लाख ९३ हजार २४, स्वास्थ्य सेवा कार्यालय सल्यानलाई ३५ लाख, स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई २३ लाख ५५ हजार २९०, स्वास्थ्य सेवा कार्यालय मुगुलाई ३१ लाख १९ हजार ११६, स्वास्थ्य सेवा कार्यालय दैलेखलाई ५३ लाख ३८ १८०, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमलाई १७ लाख आठ हजार ७७५, स्वास्थ्य सेवा कार्यालय हुम्लालाई ३५ लाख ७ हजार ३०० र स्वास्थ्य सेवा कार्यालय डोल्पालाई १५ लाख चार हजार ६८० रुपैयाँ निकासा दिइएको छ।

‘कोरोना महामारीमा खटिएका चिकित्सक स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शब बाहन चालकहरुलाई प्रमाणित अभिलेखका आधारमा सुरु तलव स्केलको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराइएको हो,’ सचिव काप्रीले भने।

Next Post

सुगमका महिला स्वास्थ्य स्वयमसेविका दुर्गमका डक्टर

२८ असार २०७८, सोमबार १६:२४
गोल्डेन बुढा, हिमा गाउँपालिका ६ पातारखोला गाउँकी किट्टी दमाइ महिला स्वास्थ्य स्वयमसेविका हुन । उनी स्वास्थ्य स्वयमसेविकामा काम गर्न थालेका दशक नाघिसकेको छ । गाउँबस्तीमा पुगेर गर्भवती,सुत्केरी, नवजात शिशु, बुढाबुढीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उनको दिनचर्या नै हो । उनले भनिन्,‘ग्रामिण क्षेत्रको स्वास्थ्य महिला स्वास्थ्य स्वयमसेविकाको जिम्मेवारीमा छ । हामी […]

सम्बन्धित