जुम्लामा प्रधानन्यायधीशको पुत्ला दहन

  ।   २९ असार २०७८, मंगलवार ०६:४३

गोल्डेन बुढा,
नेकपा एमाले ओली निकट युवा संघ नेपाल र अनेरास्ववियुले जुम्लामा प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि प्रधानन्यायाधीश जवराको पुत्ला जलाएका हुन ।
सोमबार सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि राजनीतिक अन्योल भएको युवा संघ नेपालका सचिवालय सदस्य सुमन आचार्यले बताए । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको आदेशप्रति नेपाली जनता असन्तुष्टि रहेको उनले जनाए । उनले भने,‘सर्वोच्चको निर्णय मानिदैन् । सर्वोच्चले देशमा राजनीतिक मुठभेट निम्त्यायो ।’ अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि नै गम्भीर आघात पुगेको छ,उनले थपे,‘यो आदेशले नेपाली राजनीतिमा दीर्घकालसम्म अस्थिरता बढाउने देखिन्छ । ’
अनेरास्ववियु स्थायी कमिटी सदस्य धर्मेन्द्र रोकायाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात, सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपालीजनले अस्थिरताको दुष्चक्र बेहोर्नुपर्ने बताए । पहिलो दिन भएकोले सांकेतिक रुपमा पुत्ला दहनको कार्यक्रम भएको छ । उनले भने,‘मंगलबार देखि चरणबद्ध आन्दोलनको घोषणा गरेर अघि बढ्ने छौँ । ’
प्रतिनिधसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको सोमबारको निर्णयको विरोधमा एमाले निकट युवा संघ र अनेरास्ववियुले पुतला दहन कार्यक्रम गरेको थियो । सर्वोच्च अदालत र प्रधानन्यायाधीश विरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेको युवा संघ नेपाल जुम्लाा संयोजक हरिश रोकायाले बताए । सर्वोच्चको पाराले,दुख पाए साराले,सर्वोच्चको फैसला मानिदैन् भन्दै नाराबाजी गरेका थिए ।

Next Post

जुम्ली राष्ट्रसेवक टोपबहादुर बुढाका प्रधानमन्त्री देउवालाई १७ सुझाव

२९ असार २०७८, मंगलवार ०६:४३
प्रधानमन्त्री ज्यू । इतिहास कै कठिन अवस्थामा तपाई देशको ४४ औ प्रधानमन्त्री हुनु भएको छ । सर्बप्रथम हार्दिक बधाई सहित कार्य सफलताको शुभकामना । इतिहासकै छोटो समय तपाई कार्यकारी प्रधानमन्त्री हुने देखिन्छ । किनकी ३० दिन भित्र तपाईंले संसदबाट विश्वासको मत पाउने सम्भावना म देख्दिन । हुन त राजनीति अनेकौं […]