उर्जामन्त्री श्रेष्ठ भन्छन् : ‘हप्तादिन भित्र जुम्ला राष्ट्रिय प्रसारणलाइन संग जोडिन्छ’

  ।   ६ श्रावण २०७८, बुधबार २०:३६

जुम्लालाई एक साता भित्र विद्युतको राष्ट्रिय प्रसारणलाइन संग जोड्न कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले सक्रियता देखाएका छन । उनले विद्युत प्राधिकरण संगको छलफलमा जुम्ला जिल्लालाई तत्काल विद्युतको राष्ट्रिय प्रसारणलाइनमा जोड्न निर्देशन दिएका हुन ।
मन्त्री श्रेष्ठले जुम्लामा विद्युतको राष्ट्रिय प्रसारणलाइन पु¥याउन आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए ।
‘छिमेकी जिल्लासम्म पुगिसकेको विद्युतको प्रसारणलाइन तत्काल जुम्लासम्म पु¥याउन विद्युत प्राधिकरणलाई निर्देशन दिएको छु,’ मन्त्री श्रेष्ठले भने, ‘हप्ता १० दिनभित्रमा जुम्लामा राष्ट्रिय प्रसारणलाइन पुग्ने अपेक्षा लिएको छु ।’ मन्त्री श्रेष्ठले राष्ट्रिय प्रसारणलाइनका लागि आवश्यक पर्ने विद्युत सामाग्रीहरु खरिदका लागि पनि मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ‘टान्सफर्मर लगायतका विद्युतका सामाग्रीहरु अपुग भएमा प्रदेश सरकारले खरिद गर्छ,’ उनले भने, ‘तपाईँहरु चाँडोभन्दा चाँडो राष्ट्रिय प्रसारणलाइन जुम्लासम्म पु¥याउनुहोस् बीचमा आउने बाधा अवरोधमा हामी सहजीकरण गर्छौँ ।’
नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख सुरेन्द्र अग्रहरीले जुम्लालाई राष्ट्रिय प्रसारणलाइनमा जोड्न तिब्रताका साथ काम भइरहेको बताए । ‘कालिकोटसम्म ३३ केभीलाइन पु¥याएका छौं, जुम्लामा लाइन विस्तारको काम भइरहेको छ,’ उनले भने, ‘एक साताभित्र जुम्लालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेका छौं ।’
प्रमुख अग्रहरीले निरन्तरको बर्षाका कारणले काममा समस्या भइरहेको बताए । ‘विभागीय मन्त्रीज्यूको निर्देशन अनुसार चाँडोभन्दा चाँडो जुम्लालाई राष्ट्रिय प्रसारणलाइनमा जोड्ने तयारी थालिएको छ,’ उनले भने, ‘निरन्तरको वर्षाले काममा अवरोध गरिरहेको छ । तर लाइन विस्तारको कार्य रोकिएको छैन । ’
प्राधिकरणका अनुसार एक सातामै दैलेखको दुल्लु सव–स्टेशनमार्फत कालिकोटमा ३३ केभी प्रसारणलाइन पुग्दैछ । कालिकोट सदरमुकाम मान्माबाट जुम्लासम्म तत्कालका लागि ११ केभी प्रसारणलाइन पु¥याउने लक्ष्य प्राधिकरणको छ । मान्मादेखि जुम्ला खण्डको ३५ किलोमिटर खण्डमा विद्युत प्रवाह भइरहेको छ । ‘निरन्तर वर्षा भइराखेपनि बाँकी खण्डमा काम गरिरहेका छौं,’ अग्रहरीले भने, ‘आगामी साताभित्रमा जुम्लालाई राष्ट्रिय प्रसारणलाइनमा जोड्छौं ।’

Next Post

कोरोनाबाट बच्न पत्रकार महासंघको अपिल

६ श्रावण २०७८, बुधबार २०:३६
गोल्डेन बुढा नेपाल पत्रकार महासंघ शाखा जुम्ला कोरोना संक्रमणबाट बच्न अपिल गरेको छ । विरुद्धको अभियानमा सक्रिय देखिएको छ । जुम्लामा रहेर विभिन्न मिडिया संग आवद्ध पत्रकार तथा सञ्चारगृहलाई पटक पटक स्वास्थ्य सामाग्री दिएर सुरक्षित पुर्वक रिपोटिङ गर्न सुझाव दिदै आएको छ । नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न आग्रह […]

सम्बन्धित