यातायात व्यवसायीको मनपरी देख्दैन, जुम्ला प्रशासन

  ।   १२ श्रावण २०७८, मंगलवार ११:३१

जुम्लाबाट लामो तथा छोटो दुरीमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा अशुल्न थालेपछि यात्रुले सास्ती बेहोरीरहेका छन । उनीहरुले स्थानीय प्रशासन रमिते बन्दा व्यवसायीको मनपरी चलेको आरोप लगाएका छन । अहिले व्यवसायीले चर्को भाडा अशुल्दा न स्थानीय प्रशासनले नियमन गर्न सकेको छ । नत स्थानीय प्रशासनमा बसेको बैठकले निर्धारण गरेको भाडादर कायम गर्न सकेको छ । उल्टै रमिते भएर टुलु टुलु हेरेर बसेकोले यात्रुलाई मार परिरहेको स्थानीय बताउँछन ।
यातायात सेवामा महंगो भाडा भएको भन्दै स्थानीय प्रशासनले व्यवसायी र यात्रुलाई मार नपर्ने गरेर भाडादर निर्धारण गरेको थियो । तर त्यो भाडादर कार्यन्वयन हुन सकेको छैन । स्थानीय जगतबहादुर परियारले यातायात व्यवसायीको मनपरीले यात्रु नराम्ररी प्रभावित बनेको बताए । उनले भने,’‘व्यवसायीले मान्छेको अनुहार हेरेर भाडा लिन्छन । उनीहरुको मनपरी छ । मनपरी भाडा अशुलेको बारेमा आवाज उठाउँदा बीचमै रोकिदिन्छन । ’
उनले भाडादरमा एकरुपता ल्याउन र जिल्लाभर एकै खाले भाडादर कायम गर्न माग गरे । यात्रुलाई पनि मर्का नहुने र व्यवसायीलाई पनि घाटा नलाग्ने गरि नयाँ भाडादर निर्धारण गर्न जरुरी छ । उनले भने,‘नत्र भने यात्रुलाई सास्ती नै सास्ती । व्यवसायीलाई मस्ती नै मस्ती हुनेछ । यो हामीलाई सैह्य हुनेछैन ।’
कोरोनाका कारण जनजीवन अस्तव्यस्त छ । एक महिना देखि सार्वजनिक सवारीका साधन सडकमा गुडिरहेका छन । तर सार्वजनिक सवारीको अनुगमनमा स्थानीय प्रशासनको अनुगमन छैन । जसले गर्दा यातायात व्यवसायीको मनलाग्दी छ ।
जुम्ला देखि लामो दुरीका सवारीसाधन सुर्खेत, नेपालगंज र काठमाण्डौँका लागि छुट्छन । सुर्खेत नेपालगन्ज सम्म बस,जीप, माइक्रोबस चल्छन । काठमाण्डौँ सम्म रात्री बस चल्छ । जुम्ला खलंगा देखि सुर्खेत सम्म ९ सय रुपैयाँ,नेपालगंज सम्म १ हजार ६९ रुपैयाँ र काठमाण्डौँ सम्म २ हजार ५ सय रुपैयाँ निर्धारण गएिको थियो ।
अहिले जीपले दुई हजार रुपैयाँ देखि दुई हजार ५ सय रुपैयाँ सम्म अशुलिरहेका छन । बसले एक हजार ५ सय रुपैयाँ देखि दुई हजार रुपैयाँ सम्म अशुल्ने गरेका छन । जसबाट जतिसक्यो त्यति नै भाडा उठाउँछन,एक यात्रु शिशिर थापाले भने,‘व्यवसायीको मनपरी छ । बोल्दिने कसले ? ’
स्थानीय प्रशासनलाई पटक पटक यातायात व्यवसायीले गरिरहेको लुटका बिषयमा जानकारी गराउँदा पनि कुनै सुनुवाई हुन नसकेको उनले बताए । उनले लामो दुरीका सवारीसाधन भन्दा छोटो दुरीका सवारीसाधनले ब्रह्मलुट गरिरहेको बताए । कोरोनाका कारण व्यवसाय धरापमा परेको भन्दै मनपरी भाडा लिइरहेको स्थानीय बताउँछन । व्यवसायी भाडा बढेको भन्छन्,उनले भने,‘यात्रुले जति आवाज उठाउदा पनि सुनुवाइ हुदैन । ’ बिना टिकट यात्रु चढाउने गरेका छन । जिल्ला प्रशासन कार्यालय जुम्लाले मनपरी रुपमा भाडा लिएको टिकट पेश गर्न भनिरहेको छ । तर व्यवसायी टिकट नदिएर यात्रु चढाउँछन ।
व्यवसायीले सडकमै काउण्टर खोलेर यात्रु चढाउँछन । काउण्टर बसपार्कमा खोलिएका छन । यात्रु बाटोमै चढाउँछन । मनपरी भाडा अशुल्न पनि काउण्टरमा टिक काटिदैन । व्यवसायीहरु प्रहरी प्रशासन छल्दै क्षमता भन्दा बढि यात्रु कोचेर यात्रा गरिरहेका छन । प्रहरी चौकी,ट्राफिक कार्यालय नजिकै यात्रु ओराल्ने र हिड्न लगाउने गर्छन । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई यात्रुबाट बढि भाडा लिएको प्रमाण भेटिएमा कार्वाही हुने बताउँछन ।

Next Post

कर्णालीको बजेट खर्चः ११ महिनासम्म २७ प्रतिशत, असारमै ३८ प्रतिशत

१२ श्रावण २०७८, मंगलवार ११:३१
अघिल्लो आर्थिक वर्षको ११ महिनासम्म कर्णाली प्रदेश सरकारले २७ प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको थियो। असार मसान्तमा आइपुग्दा खर्च बजेट बढेर ६५ प्रतिशत पुग्यो। बजेट खर्च गर्नका लागि असार कुर्नुपर्ने अवस्था कर्णालीमा अझै छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को जेठ मसान्तसम्म प्रदेश सरकारले पुँजीगततर्फ २४.४६ र […]