सरकार र मन्त्रीका कारण सांसदको लोगो लुकाएर हिड्नु परेको छ : सांसद महत

  ।   १२ श्रावण २०७८, मंगलवार १६:१६

जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महतले सरकार र मन्त्रीका कारण सांसदको लोगो लुकाएर हिड्नु पर्ने बाध्यता रहेको बताएका छन । उनले सरकार र मन्त्री गफाडी भएकोले जनताको काम अपेक्षा गरे अनुसार हुन नसकेको बताएका हुन ।
विगतको केपी ओली नेतृत्वको सरकार जस्तै वर्तमान देउवा नेतृत्व सरकार पनि गफाडी हुने हो की भन्ने चिन्ता लाग्न थालेको छ, सांसद महतले भने,‘ भर्खरै बिदाई गरेको सरकारले जस्तो बर्तमान सरकार पनि गफाडी नबन आग्रह गर्दछु । ’
मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद महतले नवनियुक्त ऊर्जामन्त्री पम्फा भुसालले गरिबहरूलाई निःशुल्क बिजुली दिने भन्ने अभिब्यक्तिले चिन्तित बनाएको स्पष्ट पारे । उनले भने,‘ मन्त्रीको अभिव्यक्ति झट्ट सुन्दा लोकप्रिय भएपनि कालान्तरमा जिब्रोको पासो हुनेछ । ’ पैसा देउ कर्णालीलाई बत्ती चाहियो भन्दा त नदिने सरकारले विपन्न गरिबलाई निशुल्क बत्ती दिने कुरा सस्तो लोकप्रियता मात्रै हुने उल्लेख गरे ।
‘खनखन्ती गनेर पैसा दिन्छु भन्दा पनि कर्णालीमा बत्ती पुगेको छैन। निःशुल्क बत्तीको कुरा गरेर गफाडी नबन्नुस । उनले भने,‘निःशुल्क बिजुलीको कुरा नगर्नुस ।’ एउटा गफाडी सरकारलाई बिदा गरिएको छ । अर्को सरकार पनि गफाडी हुने हो कि भन्ने चिन्ता लाग्न थालिसक्यो ।’

Next Post

बालबिवाहले गन्तब्यहिन बनाउँछ,प्रगतिको पाइला रोकिन्छ

१२ श्रावण २०७८, मंगलवार १६:१६
जुम्लामा बालबिवाह भयानक छ । पहिले मागेर बालबिवाह हुन्थ्यो । अहिले भागेर बालबिवाह गर्ने चलन छ । यो सरासर प्रविधिको चरम दुरुपयोग हो । सानै उमेरमा बिवाह गर्दा हुने कठिनाइबारे प्रत्यक्ष भोग्नेलाई मात्र थाहा हुन्छ । अरु सबै त रमिते हुन् । अरुको कुरा सुन्दा सायद उनीहरुलाई आनन्द नै हुन्छ […]

सम्बन्धित