कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

  ।   १३ श्रावण २०७८, बुधबार १२:२३

काठमाडौं । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ ।

कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा  निकाल्ने तयारी भएको तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको  सदस्य सचिव अर्यालले जानकारी दिए ।

उनका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००,  एक सयभन्दा कम विद्यार्थी भएका तीन हजार ४०० र ५०० भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा छन ।

Next Post

चन्दननाथ सहकारीका हरेक सदस्य उद्यमी

१३ श्रावण २०७८, बुधबार १२:२३
गोल्डेन बुढा, जुम्ला स्थित चन्दननाथ बहुद्धेशिय सहकारी संस्था लिमिटेड जुम्लाले हरेक सदस्य अनिवार्य उद्यमी बन्नु पर्ने नीति लिएको छ । सहकारी उद्यम, इलम र रकम संग जोडिएकोले हरेक सदस्यले उद्यमी बनेर आर्थिक रुपमा सशक्त हुनु पर्ने नीति लिएको हो । सहकारीको बार्षिक प्रगति प्रस्तुत गर्दै कार्यकारी अधिकृत श्रीराम पाण्डेले एक […]